काठमाडौं । नेपाल धितोपत्र बोर्डसँग नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)ले ५ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्काशन गर्ने अनुमति माग गरेको छ । निफ्राले ‘निफ्रा ऊर्जा डिबेन्चर–२०८८/८९’नाम ऋणपत्र ल्याउन बोर्डमा निवेदन दिएको हो।
बोर्डको अनुमति पाएपछि निफ्राले १ हजार रुपैयाँ अंकित दरका कुल ५० लाख इकाइ ऋणपत्र जारी गर्नेछ। कुल इकाइमध्ये निफ्राले ३० लाख इकाइ व्यक्तिगत तबरबाट र बाँकी २० लाख इकाइ सर्वसाधारणका लागि ऋणपत्र बिक्री खुला गर्नेछ।
निफ्राको यो ऋणपत्र ७ वर्षे अवधिको हो। यसमा लगानीकर्ताले वार्षिक ६ प्रतिशत ब्याज पाउनेछन्। निफ्राको ऋणपत्र बिक्री प्रबन्धकमा एनआईएमबि एस क्यापिटल रहेको छ।