images
images

उद्योगहरुले बिजुली प्रयोग गरेबापतको बक्यौता १५ दिनभित्र असुल गर्ने सरकारको निर्णय


  • 312
    SHARES
  • २०८१ कार्तिक २६ गते सोमबार

    उद्योगहरुले बिजुली प्रयोग गरेबापतको बक्यौता १५ दिनभित्र असुल गर्ने सरकारको निर्णय

    काठमाडौं । लामो समयदेखि विवादमा रहेको डेडिकेटेड र ट्रंक लाइन प्रयोग गरेको बक्यौता सरकारले १५ दिन भित्रमा उठाउने भएको छ । आइतबार बसेको मन्त्रिपरिषद्ले ‘टाइम अफ डे’ (टीओडी) मिटरको तथ्यांकको आधारमा १५ दिनभित्र डेडिकेटेड र ट्रंक लाइन प्रयोग गरेका उद्योगहरुसँग विद्युत बक्यौता उठाउने निर्णय गरेको हो ।

    हाल २८ वटा उद्योगको लाइन प्राधिकरणले काटेको छ । काटिएका उद्योगहरुको लाइन पनि १५ दिन भित्र जोड्नु पर्ने भनिएको छ ।

    नेपाल विद्युत प्राधिकरणले हिजो भएको मन्त्रिपरिषद्को निर्णय प्राधिरणमा आइनसकेको र निर्णय आएपछि मात्रै अगाडि बढ्ने जनाएकाे छ । 

    यसभन्दा पहिले विद्युत् प्राधिकरणले ५० हजारभन्दा धेरै पेजको टिओडी मिटरको डेटा लेखा समितिलाई बुझाएको थियो । तर, उद्योगीले टीओडीको विवरण माग्दा प्राधिरणले नदिएको उद्योगहरुले बताउँदै आएका छन् ।

    लामो समयदेखि उद्योगले प्रयोग गरेको विद्युतको बक्यौता उठाउने विषयमा विवाद हुँदै आएको छ ।

    उद्योगीले प्रयोग नै नगरेको विद्युतको बिल पठाएको भनेर प्राधिकरणको विरोध गरिरहेका छन् । प्राधिकरणले प्रयोग गरेको विद्युतको बक्यौता उठाएरै छाड्ने बताइरहेको छ ।

    प्राधिकरणले २०७२ माघदेखि २०७५ वैशाखसम्म डेडिकेटेड र ट्रंक लाइनको ८ अर्बभन्दा धेरै बक्यौता उठाउन बाँकी रहेको प्राधिरणले बताउदै आएको छ ।


    images
    images

    Logo