काठमाडौं । सोमबार नेप्से परिसुचक बढेर बन्द भएको छ । अघिल्लो कारोबार दिन अथात् आइतबार बढेर बन्द भएको नेप्सेले यस दिन पनि सोही गतिलाई निरन्तरता दिएको हो ।
यस दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २२.१४ अंकले बढेर २ हजार ७ सय ६० दशमलव २१ विन्दुमा पुगेको छ । आज कारोबारमा आएका ३ सय २ स्क्रिपको ११ अर्ब ३१ करोड रुपैयाँ बराबरको २ करोड ४५ लाख कित्ता शेयर किनबेच भएको छ ।
आज नेप्सेसँगै कारोबार रकम पनि बढेको छ । आइतबार ९ अर्ब ७७ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो ।
१३ उपसमूहमध्ये यस दिन ८ उपसमूहको परिसूचक बढेको छ भने ५ उपसमूहको परिसूचक घटेको छ। यस दिन लघुवित्त उपसमूहको परिसूचक सर्वाधिक ३.२० प्रतिशत बढेको छ। त्यस्तै, यस दिन बैंकिङ्ग, लगानी र जीवन बीमा उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ। यस दिन विकास बैंक, वित्त, होटल तथा पर्यटन, जलविद्युत र निर्जीवन बीमा उपसमूहको परिसूचक सामान्य घटेको हो।
सोमबार १ सय ४३ कम्पनीको शेयर मुल्य बढेको छ । ९२ कम्पनीको शेयर मूल्य घटेको छ भने ९ कम्पनीको शेयर मुल्य स्थिर छ ।
कारोबार रकमका आधारमा यस दिन साहस उर्जा शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ३८ करोड १७ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ। त्यस्तै, यस दिन हिमालयन रि इन्स्योरेन्सको २६ करोडभन्दा बढीको शेयर कारोबार भएको छ भने अरुण भ्याली हाइड्रोपावरको कारोबार रकम २५ करोड नाघेको छ।
आज ६ कम्पनीको शेयर मूल्यमा सकारात्मक सकिृट लागेको छ । यसरी सर्किट लाग्नेमा सर्पोट माइक्रोफाइनान्स, सामुदायिक लघुवित्त, गुराँस लघुवित्त, मानुषी लघुवित्त, श्रीजनशील लघुवित्त र माछापुच्छे बैक रहेका छन् । त्यस्तै, यस दिन कुथेली बुखरी स्मल हाइड्रोपावर, सिवाईसी नेपाल लघुवित्त, गुडविल फाइनान्स र नारायणी डेभलपमेन्ट बैंकको शेयरमूल्य साढे ९ प्रतिशतभन्दा बढी बढेको छ।



