काठमाडौं । कृषि सामग्री कम्पनी लिमिटेडले २५ हजार टन डीएपी मल खरिद गर्ने ठेक्का सिंगापुर आदित्य विरला ग्लोवन ट्रेडिङ प्रालिलाई दिएको छ । कम्पनीले विहीबार एक सुचना जारी गर्दै करिब २ अर्ब ५६ करोड रुपैयाँ (१ करोड ८९ लाख ७५ हजार अमेरिकी डलर) मा नेपालमा डीएपी मल आपूर्ति गर्ने ठेक्का लगाएको जनाएको हो ।
कृषि सामग्री कम्पनीले वीरगञ्ज, विराटनगर र भैरहवामा आपूर्ति दिने गरी प्रतिटन ७ सय ५९ डलरमा नेपाल मल किन्ने गरी उसलाई ठेक्का दिएको छ ।
आर्थिक वर्ष २०८१/८२ लागिसकेपछि असोज मसान्तसम्म १ लाख ५५ हजार ६ सय ८९ टन मल आयात भइसकेको छ । यस्तै, गत आथिर्क वर्ष २०८०/८१ को मौज्दातसहित अहिले १ लाख ४४ हजार ८ सय २५ टन मल भण्डारमा रहेको जनाइएको छ ।
चालु आर्थिक बर्षमा सरकारले ५ लाख ५० हजार टन रासायनिक मल आयात गर्ने लक्ष्य राखेको छ ।



