images
images

समता घरेलु लघुवित्तको एफपिओका लागि ६० गुणा बढी आवेदन


  • 380
    SHARES
  • २०८१ कार्तिक २० गते मंगलबार

    समता घरेलु लघुवित्तको एफपिओका लागि ६० गुणा बढी आवेदन

    काठमाडौं । समता घरेलु लघुवित्तको एफपिओमा अन्तिम दिन अर्थात् कात्तिक २० गतेसम्म २ अर्ब १३ करोड ८ लाख ५७ हजार रुपैयाँको आवेदन परेको छ । सिडिएसका अनुसार आज साँझ ५ः०६ बजेसम्ममा १४ लाख ३२ हजार ४२० जनाले २ करोड १३ लाख ८ हजार ५७० कित्ताका लागि आवेदन दिएका हुन् । जुन मागभन्दा ६०.७२ गुणाले बढी आवेदन हो ।

    कम्पनीले ३ करोड ५० लाख ९० हजार ४२५ रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका दरले ३ लाख ५० हजार ९०४.२५ हकप्रद शेयर बिक्री खुला गरेको थियो । साबिकको मनकामना स्मार्ट लघुवित्तलाई प्राप्ति गरेपछि प्रबन्धपत्रमा भएको व्यवस्था बमोजिम शेयर पूँजी संरचना अनुपात ६९.४८ प्रतिशत संस्थापकको र ३०.५२ सर्वसाधारणको कायम गर्न अपुग पूँजी पुर्याउन हकप्रद निष्काशन गरेको थियो ।

    कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ । एफपीओ निष्काशनका लागि गराएको रेटिङमा इक्रा नेपालले इक्राएनपी इस्यूअर रेटिङ डबल बी माइनस प्रदान गरेको छ । यसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्छ ।


    images
    images

    Logo