images
images

तिहारपछिको पहिलो कारोबार दिन झिनो अंक घट्यो नेप्से, कारोबार रकम  ४ अर्बमाथि


  • 322
    SHARES
  • २०८१ कार्तिक २० गते मंगलबार

    तिहारपछिको पहिलो कारोबार दिन झिनो अंक घट्यो नेप्से, कारोबार रकम  ४ अर्बमाथि

    काठमाडौं । तिहारको बिदापछिको पहिलो कारोबार दिन नेप्से परिसूचक झिनो अंक घटेर बन्द भएको छ। तिहार अघिको अन्तिम कारोबार दिन करिब साढे १४ अंक घटेर बन्द भएको नेप्सेले यस दिन भने झिनो अंक घटेर बन्द भएको हो।

    नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ०.२१ अंकले घटेर २ हजार ६ सय ७७ दशमलव ४० विन्दुमा पुगेर बन्द भएको छ । आज कारोबारमा आएका ३ सय २ स्क्रिपको ४ अर्ब २० करोड रुपैयाँ बराबरको ९७ लाख १३ हजार कित्ता शेयर किनबेच भएको छ । 

    आज नेप्सेसँगै कारोबार रकम पनि घटेको छ । गत साताको बुधबार ५ अर्ब ५९ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो । 

    मंगलबार १ सय १३ कम्पनीको शेयर मूल्य बढेको छ भने १ सय २४ कम्पनीको शेयर मूल्य घटेको छ भने ६ कम्पनीको शेयर मूल्य स्थिर छ । 

    १३ उपसमूहमध्ये यस दिन ७ उपसमूहको परिसूचक बढेको छ भने ६ उपसमूहको परिसूचक घटेको छ। यस दिन निर्जीवन बीमा उपसमूहको परिसूचक सर्वाधिक १.०६ प्रतिशत बढेको छ। यस दिन बैंकिङ्ग, विकास बैंक, लगानी, उत्पादन तथा प्रशोधन, लघुवित्त र व्यापार उपसमूहको परिसूचक घटेको हो।

    आज सबैभन्दा धेरै नेपाल फाइनान्सको शेयर कारोबार भएको छ । आज यस कम्पनीको २९ करोड ९० लाख रुपैयाँको शेयर कारोबार भएको छ । सानिमा जिआइसी इन्स्योरेन्सको १६ करोड ११ लाख रुपैयाँको शेयर कारोबार भएको छ । एनएलजी इन्स्योरेन्सको १५ करोड ८४ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

    मंगलबार एक कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । यसरी सर्किट लाग्नेमा  सुपरमाइ हाइड्रोपावर रहेका छन् । यस्तै, समाज लघुवित्तको शेयर मुल्य ९.९५ प्रतिशतले बढेको छ भने यूनाइटेड मोदी हाइड्रोपावरको शेयर मुल्य ९.३२ प्रतिशतले बढेको छ । गुँरास लघुवित्तको शेयर मुल्य ९.३२ प्रतिशतले बढेको छ । 

     

     


    images
    images

    Logo