images
images

समता घरेलु लघुवित्तको एफपीओमा आवेदन दिने आज अन्तिम दिन


  • 346
    SHARES
  • २०८१ कार्तिक २० गते मंगलबार

    समता घरेलु लघुवित्तको एफपीओमा आवेदन दिने आज अन्तिम दिन

    काठमाडौं । समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडले कात्तिक १२ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको थप सार्वजनिक निष्काशन अर्थात एफपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ।

    लघुवित्तले साविकको मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थालाई प्राप्ति गरेपश्चात प्रबन्धपत्रमा भएको व्यवस्था बमोजिम शेयर पूँजी संरचना अनुपात संस्थापकको ६९.४८ प्रतिशत र सर्वसाधारणको ३०.५२ प्रतिशत कायम गर्न नपुग शेयर सर्वसाधारणमा एफपीओ जारी गरेको हो।

    लघुवित्तले ३ करोड ५० लाख ९० हजार ४ सय २५ रुपैयाँबराबरको प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ३ लाख ५० हजार ९ सय ४ कित्ता शेयर निष्काशन गरेको हो। लघुवित्तको एफपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा १ हजार कित्तासम्मका लागि आवेदन दिन सकिनेछ।

    लघुवित्तको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ। हाल लघुवित्तको चुक्ता पूँजी ५६ करोड ४० लाख ६ हजार ३ सय ४ रुपैयाँ रहेको छ। एफपीओ निष्काशनपश्चात लघुवित्तको चुक्ता पूँजी ५९ करोड ९० लाख ९६ हजार ७ सय २८ रुपैयाँ २५ पैसा पुग्नेछ।


    images
    images

    Logo