images
images

१४ अंकले घट्यो नेप्से, कारोबार रकम करिब ६ अर्ब


  • 367
    SHARES
  • २०८१ कार्तिक १४ गते बुधबार

    १४ अंकले घट्यो नेप्से, कारोबार रकम करिब ६ अर्ब

    काठमाडौं । बुधबार नेपाल स्टक एक्सचेञ्ज परिसूचक (नेप्से) १४ अंकले घटेको छ । मंगलबार ४६.६९ अंकले बढेर २६९२.०५ विन्दुमा पुगेको नेप्से आज थप १४.४३ अंकले घटेर २६७७.६२ विन्दुमा पुगेको हो । 

    बुधबार कारोबारमा आएका २४४ कम्पनीमध्ये ७५ वटाको शेयरमूल्य बढेको छ । १६४ कम्पनीको शेयरमूल्य घटेको छ भने ५ कम्पनी स्थिर रहेका छन् । बजारमा रहेका १३ उपसमूहमध्ये होटल एण्ड टुरिजम, नन लाइफ इन्स्योरेन्स र ट्रेडिङबाहेक सबै उपसमूहको सूचक घटेका छन् । 

    आज कारोबारमा आएकाकम्पनीहरुमध्ये ४ कम्पनीको लघुवित्तको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । यसरी सर्किट लाग्नेमा गुराँस लघुवित्त, मिड सोलु हाइड्रोपावर, अपर स्याङ्गे हाइड्रोपावर र कुथेली बुखेरी स्मल हाइड्रोपावर रहेका छन् । 

    आज १ करोड २० लाख कित्ता शेयर ५ अर्ब ९५ करोड बराबर रुपैयाँमा कारोबार भएको छ । आज सबैभन्दा धेरै कारोबार सीइडीबी हाइड्रोपावरको भएको छ ।


    images
    images

    Logo