images
images

लगातार दोस्रो दिन पनि बढ्यो नेप्से, कारोबार रकम ६ अर्ब १२ करोड


  • 364
    SHARES
  • २०८१ कार्तिक १३ गते मंगलबार

    लगातार दोस्रो दिन पनि बढ्यो नेप्से, कारोबार रकम ६ अर्ब १२ करोड

    काठमाडौं । मंगलबार शेयर बजार बढेर बन्द भएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ४६.६९ अंकले बढेर २ हजार ६ सय ९२ दशमलव ५ विन्दुमा पुगेको छ । 

    आज कारोबारमा आएका ३ सय १९ स्क्रिपको ६ अर्ब १२ करोड रुपैयाँ बराबरको १ करोड ३३ लाख कित्ता शेयर किनबेच भएको छ । 

    मंगलबार नेप्सेसँगै कारोबार रकम पनि बढेको छ । सोमबार प्रतितोला ५ अर्ब ३४ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो । 

    आज २ सय २१ कम्पनीको शेयर मुल्य बढेको छ । १७ कम्पनीको शेयर मुलय घटेको छ भने ५ कम्पनीको शेयर मुल्य स्थिर छ । 

    आज सबैभन्दा धेरै समृद्धि फाइनान्सको शेयर कारोबार भएको छ । आज यस कम्पनीको २४ करोड ७१ लाख रुपैयाँको शेयर कारोबार भएको छ । पिपुल्स हाइड्रोपावरको १६ करोड ८० लाख रुपैयाँको शेयर कारोबार भएको छ । सप्तकोशी डेभलपमेन्ट बैंकको १४ करोड २२ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

    मंगलबार ३ कम्पनीको शेयर मुल्यमा सकारात्मक सर्किट लागेको छ । यसरी सर्किट लाग्नेमा सप्तकोशी डेभलपमेन्ट बैंक, सानिमा जिआईसी र कुथेली बुखरी हाइड्रोपावर रहेका छन् । यस्तै, कर्पोरेट डेभलपमेन्ट बैंकको शेयर मूल्य ९.९८ प्रतिशतले बढेको छ । 


    images
    images

    Logo