images
images

फूलमाला किन्न कहाँ जाने ? काठमाडौं महानगरले तोक्यो यी ४६ स्थान


  • 443
    SHARES
  • २०८१ कार्तिक १३ गते मंगलबार

    फूलमाला किन्न कहाँ जाने ? काठमाडौं महानगरले तोक्यो यी ४६ स्थान

    काठमाडौं ।  काठमाडौँ महानगरपालिकाले स्वदेशमा उत्पादन भएका फूलको विक्री वितरणलाई व्यवस्थित गर्न यस वर्षको दिपावली, नेपाल संवत् तथा छठ पर्वका अवसरमा महानगरपालिका क्षेत्रभित्रका ४६ स्थानमा विक्री वितरण प्रबन्ध गरेको छ ।

    प्लाष्टिकजन्य फूल तथा सजावटका सामग्री विक्री वितरणमा रोक लगाउँदै स्वदेशमा उत्पादन भएका फूलको व्यापारलाई प्रवर्धन गरिएको हो ।

    महानगरपालिका क्षेत्रभित्रका ४६ स्थानमा विक्री वितरण प्रबन्ध गरेको महानगरले जनाएको छ । महानगरले गतवर्ष पनि प्रदर्शनी मार्गको भृकुटीमण्डप, तीनकुने चउर, हाँडीगाउँ र बालाजु विष्णुमती कोरिडोरमा फूल विक्री गर्ने स्थान मिलाएको थियो ।

    यस वर्ष फूल विक्रेता किसानहरूलाई सहज बनाउन मल, मार्ट, पार्क, पार्टी प्यालेस, सेन्टरहरूमा व्यवस्था मिलाइएको मेयर बालेन्द्र शाहले जानकारी दिए । ‘स्वदेशी फूल व्यापारी किसानहरूले आफूलाई पायक पर्ने स्थान छनोट गरेर विक्री गर्न सक्नुहुनेछ’, मेयर शाहले भनेका छन् ।

    १) आरती पार्टी प्यालेस, माछा पोखरी
    २) बुद्ध मल, माछा पोखरी
    ३) बालाजु भाटभटेनी, माछा पोखरी,
    ४) भ्याली कोल्ड स्टोर, बालाजु
    ५) सामुदायिक भवन, बालाजु
    ६) धर्म चक्र पार्क, स्वयम्भू
    ७) स्वयम्भू मार्ट
    ८) भाटभटेनी, कलंकी
    ९) कलंकी ट्र्रेड सेन्टर, कलंकी
    १०) एस. एन. एस., कलंकी
    ११) एन. बि. टि. सि., कलंकी
    १२) नेपा व्याङ्क्वेट, खुशिँवु
    १३) बिग मार्ट, कालधारा, पकनाजोल
    १४) साल्ट ट्र्रेडिङ कर्पोरेसन, कालीमाटी
    १५) काठमाडौँ मल, सुन्धारा
    १६) सिभिल मल, सुन्धारा
    १७) सिटिसि मल, सुन्धारा
    १८) रञ्जना मल, नयाँ सडक
    १९) विग मार्ट कम्प्लेक्स, अनामनगर
    २०) एटि कम्प्लेक्स, न्यू प्लाजा
    २१) भाटभटेनी, अनामनगर
    २२) आइटी प्लाजा, कमलादी
    २३) संकटा चोक, टेवहाल
    २४) के. एल. टावर, चाबहिल
    २५) वि एन्ड एसएम, बौद्ध
    २६) भर्गो जापान, शंखमुल
    २७) आइप्लेक्स, बानेश्वर
    २८) एनबि सेन्टर, नयाँ बानेश्वर
    २९) फोनिक्स टावर, बत्तीसपुतली
    ३०) चाबहिल फुटबल चौर, चाबहिल गणेश स्थान
    ३१) बिगमार्ट, शंखमुल
    ३२) बिबिएसएम, कोटेश्वर
    ३३) सिफल चौर, सिफल
    ३४) केटिएम पार्टी प्यालेस,
    ३५) निराकल कम्प्लेक्स, शंखमुल
    ३६) एसि कम्प्लेक्स, चाबहिल
    ३७) भाटभटेनी, कोटेश्वर
    ३८) भाटभटेनी, नक्साल
    ३९) विग मार्ग, बालुवाटार
    ४०) सेल्स बेरी, महाराजगञ्ज
    ४१) भाटभटेनी, महाराजगञ्ज
    ४२) कोइराला मार्ट, सामाखुशी
    ४३) विग मार्ट, सामाखुशी
    ४४) सिटी सेन्टर, कमलपोखरी
    ४५) ल्होत्से मल, बालाजु
    ४६) सासा ब्याङकेट सोह्र खुट्टे

    स्वदेशी फूल व्यापारी किसानहरूले आफूलाई पायक पर्ने स्थान छनोट गरेर विक्री गर्न सक्नुहुनेछ । यसका लागि सम्पर्क व्यक्तिको नम्बर वा महानगर प्रहरी बलको क्षेत्रबाट पनि सहजीकरण काम हुनेछ ।

    व्यापारीहरूलाई  फूल तथा अन्य सजावटका सामग्री विक्री वितरण नगर्न नगराउनसमेत मेयर शाहले अनुरोध गरेका छन् । उनले भनेका छन्, ‘यदि कसैले लुकिछिपी विक्री गरेको पाइएमा प्रचलित कानुनबमोजिम कारबाही हुनेछ यससँगै सम्पूर्ण उपभोक्ताहरूलाई स्वदेशी फूल खरिद गरेर नेपाली किसानहरूलाई प्रोत्साहन गर्नुहुन अनुरोध गर्दछौँ ।’


    images
    images

    Logo