काठमाडौं । दुई कम्पनीको शेयर मूल्य समायोजन भएको छ । यसरी मूल्य समायोजन हुनेमा स्वाबलम्बन लघुवित्त र लाइफ इस्योरेन्स कर्पोरेसन रहेका छन् ।
स्वाबलम्बन लघुवित्तको १४.२५ प्रतिशत बोनस शेयर बापत नेप्सेले विहीबार शेयर मूल्य समायोजन गरेको छ । समायोजन पछि सो कम्पनीको शेयर मुल्य ९ सय ४० रुपैयाँ ९२ पैसा कायम भएको छ भने यस कम्पनीको अन्तिम कारोबार १ हजार ७५ रुपैयाँमा भएको थियो ।
स्वाबलम्बन लघुवित्तको ८८.४५१६८ प्रतिशत हकप्रद बापत नेप्सेले विहीबार शेयर मूल्य समायोजन गरेको छ । समायोजन पछि सो कम्पनीको शेयर मुल्य १ हजार १ सय १ रुपैयाँ ८५ पैसा कायम भएको छ भने यस कम्पनीको अन्तिम कारोबार १ हजार ९ सय ८८ रुपैयाँमा भएको थियो ।
आज मूल्य समायोजन भएका कम्पनीहरुको समायोजित मूल्यका आधारमा आइतबार कारोबार हुनेछ । नेपाल स्टक एक्सचेञ्जको नियम अनुसार समायोजित मूल्यमा २ प्रतिशतसम्म घटबढ भएर पहिलो कारोबार हुन सक्नेछ ।



