काठमाडौं । विहीबार शेयर बजार घटेर बन्द भएको छ ।अघिल्लो कारोबार दिन घटेर बन्द भएको नेप्सेले यस नि पनि सोही क्रमलाई निरन्तरता दिएको हो।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १८.२५ अंकले घटेर २ हजार ६ सय २७ दशमलव १४ विन्दुमा पुगेको छ । आज कारोबारमा आएका ३ सय १७ स्क्रिपको ५ अर्ब २६ करोड रुपैयाँ १ करोड २० लाख कित्ता शेयर किनबेच भएको छ ।
आज नेप्सेसँगै कारोबार रकम पनि घटेको छ । बुधबार ६ अर्ब २७ करोड रुपैयाँ बरारबको शेयर कारोबार भएको थियो । आज ५४ कम्पनीको शेयर मुल्य बढेको छ । १ सय ८३ कम्पनीको शेयर मूल्य घटेको छ भने ७ कम्पनीको शेयर मुल्य स्थिर छ ।
१३ उपसमूहमध्ये यस दिन १२ उपसमूहको परिसूचक घटेको छ भने एक उपसमूहको परिसूचक बढेको छ। यस दिन जलविद्युत उपसमूहको परिसूचक ०.३६ प्रतिशत बढेको हो। कारोबारमा आएका बैंकिङ्ग, उत्पादन तथा प्रशोधन र व्यापार उपसमूहको परिसूचक यस दिन १ प्रतिशतभन्दा बढी घटेका छन् भने बाँकी उपसमूहहरुको गिरावटदर १ प्रतिशतभन्दा कम रहेको छ।
आज सबैभन्दा धेरै एनएलजी इन्स्योरेन्सको ३४ करोड ३१ लाख रुपैयाँको शेयर कारोबार भएको छ । साहस उर्जाको २४ करोड ९३ लाख रुपैयाँको शेयर कारोबार भएको छ । आइसीएफसी फाइनान्सको २४ करोड ९२ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
यस दिन एसबिआई बैंकको शेयरमूल्य सर्वाधिक ९.७५ प्रतिशत बढेको छ। त्यस्तै, यस दिन पिपुल्स हाइड्रोपावरको शेयरमूल्य ८ प्रतिशतभन्दा बढी बढेको छ भने सनराइज ब्लुचिप फण्डको इकाईमूल्य साढे ७ प्रतिशतभन्दा बढी बढेको छ। बढेको छ ।



