काठमडाौं । बुधबार नेपाल स्टक एकस्चेञ्ज परिसूचक (नेप्से) २०.४१ अंकले घटेको छ । मंगलबार २५.८८ अंकले बढेर २६६५.८१ विन्दुमा पुगेको नेप्से आज २०.४१ घटेर २६४५.३९ विन्दुमा पुगेको हो ।
आज कारोबारमा आएका २४४ कम्पनीहरुमध्ये ७६ कम्पनीहरुको शेयरमूल्य बढेको छ भने १५५ कम्पनीको शेयरमूल्य घटेको छ । १३ वटा कम्पनीहरुको शेयरमूल्य भने आज स्थिर रहेको छ ।
बजारमा रहेका १३ उपसमूहमध्ये आज फाइनान्स र ट्रेडिङबाहेक अरु उपसमूहको सूचक घटेको छ ।
बजार दोहोरो अंकले घट्दा पनि आज आईसीएफसी फाइनान्सको कारोबार रकममा भने सकारात्मक सर्किट लागेको छ ।
साताको चौथो दिन १ करोड ५७ लाख ४२ हजार कित्ता शेयर किनबेच भएको छ । परिसूचक घटेतापनि आज कारोबार रकम भने बढेर ६ अर्ब २७ करोड रुपैयाा पुगेको छ । मंगलबार यस्तो रकम ४ अर्ब ७ करोड रुपैयाा रहेको थियो ।



