images
images

सातामा ७७ अंकले बढ्यो नेप्से, आगामी साता के होला ?


  • 494
    SHARES
  • २०८१ कार्तिक ३ गते शनिबार

    सातामा ७७ अंकले बढ्यो नेप्से, आगामी साता के होला ?

    काठमाडौं । यो साता सेयर बजारको परिसूचक नेप्से ७७.१९ अंक बढेर २ हजार ७ सय ४५ दशमलव ३६ विन्दुमा पुगेको छ। यस साता तीन कारोबार दिनका लागि बजार खुलेको थियो। जसमध्ये तीनै कारोबार दिन नेप्से बढेर बन्द भएको थियो।

    यस साता नेप्सेको कुल बजार पूँजीकरण पनि करिब ३ प्रतिशत बढेको छ। गत साताको अन्त्यमा ४२ खर्ब ४२ अर्ब रुपैयाँ रहेको नेप्सेको कुल बजार पूँजीकरण, यस साता १ खर्ब २२ करोड रुपैयाँ बढेर ४३ खर्ब ६५ अर्ब रुपैयाँ पुगेको छ।

    यस साता १३ वटै उपसमूहको परिसूचक बढेको छ। जसमध्ये वित्त उपसमूहको परिसूचक सर्वाधिक ६.०६ प्रतिशत बढेको छ। यस साता होटल तथा पर्यटन उपसमूहको परिसूचक भने सबैभन्दा कम ०.७९ प्रतिशत बढेको छ।

    साताको पहिलो दिन आइतबार र सोमबार दशै परेको कारणले सार्वजनि विदा परेको थियो । सो कारणले शेयर बजार खुलेको थिएन् । मंगलबार ३१.४८ अंकले घटेर २ हजार ६ सय ९९ दशमलव ६६ विन्दुमा पुगेको थियो । सो दिन ३ अर्ब २ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो ।

    बुधबार ४३.२२ अंकले घटेर २ हजार ७ सय ४२ दशमलव ८८ विन्दुमा पुगेको थियो । सो दिन ५ अर्ब ४९ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो । त्यस्तै, साताको अन्तिम दिन विहीबार २.४७ अंकले घटेर २ हजार ७ सय ४५ दशमलव ३६ विन्दुमा पुगेको थियो । सो दिन ६ अर्ब ८८ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो ।

    यस साता नेप्सेमा नेशनल लाइफ इन्स्योरेन्सको २० लाख ४ हजार ६ सय ६६ कित्ता बोनस शेयर सूचीकृत भएको छ।अहिले सेयर खरिद गर्दा जोखिम कम रहेको देखिन्छ । लाभांशको सिजन चलेको छ । सेयरहरु सस्ता भएका छन् । यी कारणहरुले आगामी दिनहरुमा समग्रमा बजारको गति सकारात्मक हुँदै जाने अनुमान गर्न सकिन्छ । 


    images
    images

    Logo