काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) मा एक कम्पनीको बोनश शेयर सूचीकृत भएको छ । शुक्रबार नेसनल लाइफ इन्स्योरेन्सको ४ प्रतिशत बोनसबापत हुन जाने २० लाख ४ हजार ६६६.५७ कित्ता शेयर सूचीकृत भएको हो ।
सूचीकरणसँगै उक्त शेयर दोस्रो बजारमा कारोबारका लागि योग्य भएको छ ।