images
images

शाइन रेसुंगा डेभलपमेन्ट बैंकले ऋणपत्र निष्कासन गर्ने बोर्डसँग माग्यो अनुमति


  • 444
    SHARES
  • २०८१ कार्तिक १ गते बिहीबार

    शाइन रेसुंगा डेभलपमेन्ट बैंकले ऋणपत्र निष्कासन गर्ने बोर्डसँग माग्यो अनुमति

    काठमाडौं । शाइन रेसुंगा डेभलपमेन्ट बैंकले ऋणपत्र बिक्री गर्न नेपाल धितोपत्र बोर्डसँग अनुमति मागेको छ । यस बैंकले प्रतिइकाई १ हजार रुपैयाँको दरले कुल १० लाख इकाई (१ अर्ब रुपैयाँको) ऋणपत्र बिक्री गर्न अनुमति मागेको हो । 

    जसमध्ये ४ लाख इकाई सर्वसाधारणलाई जारी हुनेछ भने ६ लाख इकाई बैंकले आफ्नै पहलमा अन्य संघसंस्थालाई बिक्री गर्नेछ ।

    शाइन रेसुंगाले वार्षिक ८ प्रतिशत ब्याजदर भएको ‘शाइन रेसुंगा डेभलपमेन्ट बैंक डिबेन्चर, २०९१’ बिक्री गर्न लागेको हो । यसको अवधि १० वर्षको हुनेछ । यो डिबेन्चरमा एनआइएमबी एस क्यापिटल लिमिटेड बिक्री प्रबन्धक रहेको छ ।


    images
    images

    Logo