images
images

प्रतिनिधिसभाका १५९ सदस्यले लिए ‘रातो पासपोर्ट’


  • 409
    SHARES
  • २०८१ आश्विन २२ गते मंगलबार

    प्रतिनिधिसभाका १५९ सदस्यले लिए ‘रातो पासपोर्ट’

    काठमाडौं ।  प्रतिनिधि सभामा १५९ जना सदस्यले कूटनीतिक राहदानी (रातो पासपोर्ट) लिएका छन् । संघीय संसद सचिवालयको विवरण अनुसार २७५ सदस्यीय प्रतिनिधि सभाका १५९ जनाले कूटनीतिक राहदानीका लागि सिफारिस लिएका हुन् ।

    २०७९ साल मंसिर ४ गते चुनावबाट निर्वाचित भएर आएका प्रतिनिधि सभा सदस्यहरूले २०७९ साल पुष ७ गतेदेखि कूटनीतिक राहदानीको सिफारिस पाउन थालेका थिए ।

    संसद सचिवालयले त्रैमासिक संसद दर्पण प्रकाशन गर्ने गर्दछ । पछिल्लो दर्पणमा उल्लेख भएको विवरण अनुसार पछिल्लो त्रैमासिकमा ११ जना प्रतिनिधि सभा सदस्यले कूटनीतिक राहदानीका लागि सिफारिस लिएका थिए । यो सँगै कूटनीतिक राहदानीका लागि सिफारिस लिनेको सांसदको संख्या १५९ पुगेको हो ।

    राष्ट्रिय सभा सदस्यहरूको विवरण भने २०७४ साल फागुन देखिकै एकीकृत रुपमा राख्ने गरिएको छ । हालसम्म ८७ जना राष्ट्रिय सभा सदस्य (कार्यकाल सकिएकाहरूले विगतमा लिएको समेत समावेश)ले कूटनीतिक राहदानी लिएका छन् ।


    images
    images

    Logo