images
images

राष्ट्र बैंकबाट आशा लघुवित्तको लाभांश स्वीकृत


  • 313
    SHARES
  • २०८१ आश्विन २२ गते मंगलबार

    राष्ट्र बैंकबाट आशा लघुवित्तको लाभांश स्वीकृत

    काठमाडौं । नेपाल राष्ट्र बैंकले आशा लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०८०।८१ का लागि प्रस्ताव गरेको लाभांश स्वीकृत गरेको छ।

    संस्थाको सञ्चालक समितिले उक्त आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई चुक्तापुँजी ६४ करोड १६ लाख १६ हजार रुपैयाँको कुल १५ प्रतिशतले हुन आउने ९ करोड ६२ लाख ४२ हजार ४०० रुपैयाँबराबरको लाभांश वितरण गर्ने निर्णय गरेको थियो। 

    जसमा १४.२५ प्रतिशतले हुन आउने ९ करोड १४ लाख ३० हजार २८० रुपैयाँबराबरको बोनस शेयर र कर प्रयोजनार्थ ०.७५ प्रतिशतले हुन आउने ४८ लाख १२ हजार १२० रुपैयाँ नगद लाभांश वितरण गर्ने छ । 

    प्रस्तावित लाभांश संस्थाले स्वीकृतिका लागि राष्ट्र बैंकसमक्ष पेस गरेको थियो। राष्ट्र बैंकले असोज २१ गते पत्र पठाउँदा लाभांश आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी वितरण गर्न स्वीकृति दिएको संस्थाले जनाएको छ।

    अब आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी शेयरधनीहरुलाई वितरण गरिने संस्थाले जनाएको छ।

     


    images
    images

    Logo