images
images

३७ अंकले बढ्यो नेप्से, कारोबार रकम ७ अर्ब ९ करोड


  • 386
    SHARES
  • २०८१ आश्विन २१ गते सोमबार

    ३७ अंकले बढ्यो नेप्से, कारोबार रकम ७ अर्ब ९ करोड

    काठमाडौं । सोमबार शेयर बजार बढेर बन्द भएको छ । अघिल्लो कारोबार दिन बढेर बन्द भएको नेप्सेले यस दिन पनि सोही क्रमलाई निरन्तरता दिएको हो।

    नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ३७.१३ अंकले बढेर २ हजार ६ सय ९० दशमलव ७२ विन्दुमा पुगेको छ । आज कारोबारमा आएका ३ सय ५ स्क्रिपको ७ अर्ब ९ करोड रुपैयाँ बराबरको १ करोड ५८ लाख कित्ता शेयर किनबेच भएको छ । 

    आज नेप्सेसँगै कारोबार रकम पनि बढेको छ । आइतबार ६ अर्ब १३ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो । आज १ सय ७६ कम्पनीको शेयर मूल्य बढेको छ । ६६ कम्पनीको शेयर मूल्य घटेको छ भने २ कम्पनीको शेयरमल्य स्थिर छ । 

    १३ उपसमूहमध्ये यस दिन ११ उपसमूहको परिसूचक बढेको छ भने दुई उपसमूहको परिसूचक घटेको छ। यस दिन होटल तथा पर्यटन उपसमूहको परिसूचक सर्वाधिक ३.५० प्रतिशत बढेको छ। त्यस्तै, यस दिन अन्य उपसमूहको परिसूचक साढे २ प्रतिशतभन्दा बढी बढेको छ भने बैंकिङ्ग, विकास बैंक, जलविद्युत, लगानी, जीवन बीमा, लघुवित्त र व्यापार उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ।

    आज सबैभन्दा धेरै चन्द्रगिरी हिल्सको २६ करोड २३ लाख रुपैयाँको शेयर कारोबार भएको छ । एनआरएनको २४ करोड ११ लाख रुपैयाँको शेयर कारोबार भएको छ । हिमालयन रि–इन्स्योरेन्सको २३ करोड ७८ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

    यस दिन थ्रिस्टार हाइड्रोपावरको शेयरमूल्य ९.९३ प्रतिशत बढेको छ। त्यस्तै, यस दिन दोल्ती पावरको शेयरमूल्य साढे ९ प्रतिशत बढेको छ भने एनआईसी एशिया फ्लेक्सी क्याप फण्डको इकाईमूल्य करिब ९ प्रतिशत बढेको छ। 


    images
    images

    Logo