images
images

नेप्सेसँगै घट्यो कारोबार रकम, एक कम्पनीको शेयर मुल्यमा सकारात्मक सर्किट


  • 355
    SHARES
  • २०८१ आश्विन १६ गते बुधबार

    नेप्सेसँगै घट्यो कारोबार रकम, एक कम्पनीको शेयर मुल्यमा सकारात्मक सर्किट

    काठमाडौं । बुधबार शेयर बजार घटेर बन्द भएको छ । अघिल्लो कारोबार दिन अर्थात मंगलबार करिब ११५ अंक बढेर बन्द भएको नेप्से, यस दिन भने घटेर बन्द भएको हो।

    आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २६.०७ अंकले बढेर २ हजार ५ सय ९७ दशमलव ४९ विन्दुमा पुगेको छ । बुधबार नेप्सेसँगै कारोबार रकम पनि घटेको छ । मंगलबार ७ अर्ब ६१ करोड रुपैयाँ बरारबको शेयर कारोबार भएको थियो । 

    आज ५४ कम्पनीको शेयर मूल्य बढेको छ । १ सय ८७ कम्पनीको शेयर मूल्य घटेको छ भने ३ कम्पनीको शेयर मूल्य स्थिर छ । 

    १३ उपसमूहमध्ये यस दिन वित्त उपसमूहबाहेक सबै उपसमूहको परिसूचक घटेको छ। यस दिन वित्त उपसमूहको परिसूचक १.७५ प्रतिशत बढेको छ। यस दिन विकास बैंक, होटल तथा पर्यटन, जलविद्युत, लगानी, उत्पादन तथा प्रशोधन, लघुवित्त, निर्जीवन बीमा र व्यापार उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ।

     यस दिन नेपाल फाइनान्स शीर्ष स्थानमा रहेको छ। सो फाइनान्सको यस दिन २० करोड ७१ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ। त्यस्तै, यस दिन हिमालयन रि इन्स्योरेन्सको १७ करोड ३१ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ भने गुडविल फाइनान्सको करिब १६ करोडको शेयर किनबेच भएको छ।

    आज एक कम्पनीको शेयर मूल्यमा सकारात्म सर्किट लागेको छ । यसरी सर्किट लाग्नेमा थ्रिस्टार हाइड्रोपावर रहेको छ । त्यस्तै, यस दिन स्वरोजगार लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य करिब १० प्रतिशत बढेको छ भने इष्टर्न हाइड्रोपावरको शेयरमूल्य करिब साढे ५ प्रतिशत बढेको छ। 

     


    images
    images

    Logo