images
images

११४ अंकले बढ्यो नेप्से, १८ कम्पनीको शेयर मूल्यम सकारात्मक सर्किट


  • 424
    SHARES
  • २०८१ आश्विन १५ गते मंगलबार

    ११४ अंकले बढ्यो नेप्से, १८ कम्पनीको शेयर मूल्यम सकारात्मक सर्किट

    काठमाडौं । मंगलबार शेयर बजार बढेर बन्द भएको छ । उच्च अंक बढेसँगै यस दिन नेप्से परिसूचक २६०० विन्दुभन्दा माथि बन्द भएको छ। नेप्से परिसूचक ५ कारोबार दिनपछि २६०० विन्दुभन्दा माथि बन्द भएको हो।

    नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ११४.७० अंकले बढेर २ हजार ६ सय २३ दशमलव ५६ विन्दुमा पुगेको छ । आज कारोबारमा आएका ३ सय ७ स्क्रिपको ७ अर्ब ६१ करोड रुपैयाँ बराबरको १ करोड ७५ लाख कित्ता शेयर कनिबेच भएको छ । 

    आज नेप्सेसँगै कारोबार रकम पनि बढेको छ । सोमबार ३ अर्ब ७१ करोड रुपैयाँ बरारबको शेयर कारोबार भएको थियो । आज कारोबारमा आएका २ सय ४३ कम्पनीको शेयर मूल्य बढेको छ । १ कम्पनीको शेयर मुल्य घटेको छ भने १ कम्पनीको शेयर मूल्य स्थिर छ । 

    यस दिन वित्त कम्पनीहरुमा लगानीकर्ताहरुको उच्च आकर्षण देखिएको छ। १३ उपसमूहमध्ये यस दिन वित्त उपसमूहको परिसूचक सर्वाधिक ९.७४ प्रतिशत बढेको छ। त्यस्तै, यस दिन लगानी उपसमूहको परिसूचक ६ प्रतिशतभन्दा बढी बढेको छ भने विकास बैंक, होटल तथा पर्यटन र जलविद्युत उपसमूहको परिसूचक ५ प्रतिशतभन्दा बढी बढेको छ। कारोबारमा आएको जीवन बीमा र अन्य उपसमूहको परिसूचक यस दिन ४ प्रतिशतभन्दा बढी बढेको छ।


    आज सबैभन्दा धेरै एनएलजी इन्स्योरेन्सको शेयर कारोबार भएको छ । आज यस कम्पनकिो २८ करोड ८२ लाख रुपैयाँको शेयर कारोबार भएको छ । हिमालयन रिइन्स्योरेन्सको २३ करोड ५१ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

    मंगलबार १८ कम्पनीको शेयर मुल्यमा सकारात्म सर्किट लागेको छ । यसरी सर्किट लाग्नेमा बुटवल पावर, गोर्खाज फाइनान्स, गुडविल फाइनान्स, श्री इन्भेष्टमेन्ट फाइनान्स, सेन्ट्रल फाइनान्स, जानकी फाइनान्स, समृद्धि फाइनान्स, गुह्येश्वरी मर्चेन्ट बैंक एण्ड फाइनान्स, आइसीएफसी फाइनान्स रहेका छन् । 

    यस्तै, प्रोग्रेसिभ फाइनान्स , मल्टिप्रपोज फाइनान्स, रिलायन्स फाइनान्स, अरुण केबल पावर, दोर्दी खोला जलविद्युत , इस्टर्न हाइड्रोपावर, सिटी होटल, थ्री स्टार हाइड्रोपावर र नेपाल वेयरहाउसिङ रहेका छन् । 


    images
    images

    Logo