काठमाडौं । नेपाल धितोपत्र बोर्डले लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल)लाई हकप्रद सेयर निष्कासन गर्न स्वीकृती दिएको छ । बोर्डले गत शुक्रवार कम्पनीलाई ८८.४५ प्रतिशत हकप्रद शेयर निष्कासन गर्न अनुमति दिएको हो। कम्पनीलाई २ करोड ३४ लाख ६८ हजार कित्ता हकप्रद शेयर निष्कासन गर्न अनुमति दिइएको हो ।
यो हकप्रद शेयर निष्कासन तथा विक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेड रहेको छ । कम्पनीले गत वर्ष असोज २९ गते हकप्रद शेयर निष्कासन गर्न बोर्डमा निवेदन दिएको थियो । हाल कम्पनीको चुक्तापूँजी २ अर्ब ६५ करोड रुपैयाँ छ । हकप्रद शेयर निष्कासन बाँडफाँट पश्चात पूँजी ५ अर्ब रुपैयाँ पुग्नेछ ।