images
images

दुई कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन


  • 313
    SHARES
  • २०८१ आश्विन १५ गते मंगलबार

    दुई कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

    काठमाडौं ।  दुई कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम रहेको छ। साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स र गुराँस लघुवित्तले भोली अर्थात असोज १६ गते बुकक्लोज गर्दैछन् । 

    प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले असोज २३ गते, आम्रपाली ब्याङक्वेट, भाटभटेनी, काठमाडौँमा बिहान ११ बजे  बस्नेगरि सभा बोलाएको छ । 

    सभाले हाल कायम चुक्ता पूँजीको १० प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.५२६ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। यसका साथै सभाले हकप्रद शेयर संशोधन गरी बोनस शेयर वितरणपश्चात कायम चुक्ता पूँजीको ७ प्रतिशतका दरले हकप्रद शेयर निष्काशन गर्ने, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।

    त्यस्तै, गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडले असाज २९ गते, मंगलबार, होटल कान्जिरोवा, धनकुटा नगरपालिका वडा नं. १, हिले धनकुटामा बिहान ९ बजे बस्नेगरि सभा बोलाएको छ । 

    सभाले हाल कायम चुक्ता पूँजीको १४.२५ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.७५ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। त्यस्तै, सभाले अन्य उपयुक्त लघुवित्तसँग मर्ज अथवा एक्विजिशनसम्बन्धि कार्य गर्न र प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।


    images
    images

    Logo