images
images

संविधान दिवसमा ४९२ जना कैदीको कैद मिनाह गर्ने तयारी (सूचीसहित)


  • 394
    SHARES
  • २०८१ भाद्र २० गते बिहीबार

    संविधान दिवसमा ४९२ जना कैदीको कैद मिनाह गर्ने तयारी (सूचीसहित)

    काठमाडौं । कारागार व्यवस्थापन विभागले असोज ३ मा संविधान दिवसको अवसर ५० प्रतिशतभन्दा बढी कैद सजाय भुक्तान गरेका ४९२ कैदीलाई कैद छुट गरी जेलमुक्त गर्ने प्रक्रिया अघि बढाएको छ ।

    विभिन्न कसुरमा कैदमा रहेका कैदीहरूको कैद छुटका लागि सार्वजनिक सूचना आह्वान नै गरेर विभागले प्रक्रिया अघि बढाएको हो ।

    कारागार व्यवस्थापन विभागले सूचना जारी गर्दै कैदीबन्दीको नामावलीसहित सातदिने सूचना निकालेको छ । कैद कट्टा गर्न लागिएका व्यक्तिमाथि कुनै गुनासो भए सात दिनभित्र उजुरी दिन विभागले सूचना जारी गरेको छ ।

    सरकारले एक वर्षमा विभिन्न उपलक्ष्यमा चार पटकसम्म कैद कट्टा गरेर कैदीहरूको रिहा गर्न सक्छ ।


    images
    images

    Logo