images
images

यो वर्ष दशैंमा नयाँ नोट साट्न नपाइने


  • 352
    SHARES
  • २०८१ भाद्र १८ गते मंगलबार

    यो वर्ष दशैंमा नयाँ नोट साट्न नपाइने

    काठमाडौं । यस वर्षको दशैंमा नयाँ नोट साट्न नपाइने भएको छ । नेपाल राष्ट्र बैंकले थोत्रिएका पुराना नोटलाई सुकिलासँग साटिदिने तर नयाँ नोट भने सटही नगर्ने निर्णय गरेको हो । 

    राष्ट्र बैंकले प्रत्येक वर्ष नयाँ नोट सटही गर्दै आएको थियो । तर, नयाँ नोट सटही गर्दा खर्चको व्यवस्थापनमा समस्या भएपछि राष्ट्र बैंकले केही वर्ष अघिदेखि नयाँ नोटको सट्टा सुकिला नोट दिने अभ्यासलाई अघि बढाउने योजना बनाएको थियो, तर सकेको थिए । उक्त योजना यस पटकको दशैंबाट लागू गर्ने निर्णय गरिएकाे छ । 

    दशैंतिहारका लागि ५, १० २०, ५० र १०० का साना दरका नोट सटहीको सुविधा दिँदै आएको राष्ट्र बैंकले यस पटक पनि सुविधा दिनेछ । यस पटक पनि प्रतिव्यक्ति १८ हजार ५०० कै हाराहारीमा नोट सहटी गरिने राष्ट्र बैंकले जनाएको छ ।

    नेपाली बजारमा अहिले ६ खर्ब ६७ अर्ब रुपैयाँ बराबरको नोट चलनचल्तीमा रहेको छ ।


    images
    images

    Logo