images
images

अद्यावधिक नै नगराइ चलिरहेका छन् महानगरका ५९ प्रतिशत सहकारी (सूचीसहित)


  • 333
    SHARES
  • २०८१ भाद्र १६ गते आइतबार

    अद्यावधिक नै नगराइ चलिरहेका छन् महानगरका ५९ प्रतिशत सहकारी (सूचीसहित)

    काठमाडौं । काठमाडौं महानगरपालिका मातहतका आधा भन्दा बढी सहकारी विनाअद्यावधिक सञ्चालनमा रहेको पाइएको छ । काठमाडौं महानगरपालिका अन्तर्गतको सहकारी विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार महानगर मातहतका ५९ प्रतिशत सहकारी अद्यावधिक नै नगराइ चलाइएको पाइएको हो । 

    हाल महानगरको मातहतमा १ हजार ५९५ सहकारी छन् । ती मध्ये हालसम्म ५९ प्रतिशत अर्थात् ९४२ सहकारी अद्यावधिक भएको छैन । ६५३ वटा सहकारी मात्रै अद्यावधिक भएको तथ्यांकमा जनाइएको छ । 

    त्यस्तै, २९८ बहुउद्देश्यीय सहकारीमध्ये १४४ वटा मात्रै अद्यावधिक भएको पाइएको छ । ५१.६ प्रतिशत अर्थात् १५४ वटा बहुउद्देश्यीय पनि विनाअद्यावधिक नै सञ्चालनमा गरिएको महानगरले जनाएको छ । 

    महानगरको मातहतमा रहेका १४ कृषि सहकारीमध्ये १० वटा अध्यावधिक भएको छैन । त्यस्तै, १४ उपभोक्ता सहकारीमध्ये ४ वटा मात्रै अध्यावधिक भएको र १० वटा नभएको तथ्यांकमा जनाइएको छ । 


    images
    images

    Logo