images
images

साउनमै ९ प्रतिशतले घटयो निर्यात, व्यापारघाटा १ खर्ब १६ अर्ब


  • 350
    SHARES
  • २०८१ भाद्र ७ गते शुक्रबार

    साउनमै ९ प्रतिशतले घटयो निर्यात, व्यापारघाटा १ खर्ब १६ अर्ब

    काठमाडौं । चालु आर्थिक बर्ष २०८१/८२ को पहिलो महिना साउनमै नेपालको निर्यात ९ प्रतिशतको घटेको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार चालु आर्थिक बर्षको साउनमा १२ अर्ब २२ करोड रुपैयाँ बराबरको मात्रै वस्तु निर्यात गरेको छ । गत आर्थिक बर्षको सोही अवधिको तुलनामा यस्तो निर्यात ९.६३ प्रतिशतले घटेको हो । गत आर्थिक बर्षको साउनमा १३ अर्ब ५२ करोड रुपैयाँ निर्यात गरेको थियो ।

    भन्सार विभागका अनुसार साउनमा  १ खर्ब २८ अर्ब ३७ करोड रुपैयाँ बराबरको वस्तु आयात गरेको छ । यो गतबर्षको सोही अवधिको तुलनामा  ०.६७ प्रतिशतले कम हो । गत आर्थिक बर्षको सोही अवधिमा  १ खब २९ अर्ब २३ करोड रुपैयाँ बराबरको वस्तु आयात गरेको थियो । 

    यसरी निर्यात व्यापार ओरालो लागेसँगै नेपालले साउनमा मात्रै कुल वैदेशिक व्यापारमा १ खर्ब १६ अर्ब १५ करोड रुपैयाँ बराबरको व्यापारघाटा व्यहोरेको छ । गत आर्थिक बर्षको साउनमा १ खर्ब १५ अर्ब ७१ करोड रुपैयाँ बराबरको व्यापारघाटा व्यहोरेको नेपालले गत आर्थिक बर्षको तुलनामा चालु आर्थिक बर्षमा यस्तो व्यापारघाटा ०.३८ प्रतिशतले घटाएको हो ।

    यस अवधिमा आयात निर्यात अनुपात ९.९२ प्रतिशतले बढेको छ ।  


    images
    images

    Logo