images
images

स्वमूल्यांकन गुणस्तर परीक्षणमा कुन स्थानीय तहले कति पाए अंक ?


  • 426
    SHARES
  • २०८१ भाद्र ७ गते शुक्रबार

    स्वमूल्यांकन गुणस्तर परीक्षणमा कुन स्थानीय तहले कति पाए अंक  ?

    काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आर्थिक वर्ष २०७९/८० को संस्थागत क्षमता स्वमूल्यांकनको गुणस्तर परीक्षण पश्चातको प्रतिवेदन सार्वजनिक गरेको छ । 

    प्रतिवेदनअनुसार उच्चतम अंक प्राप्त गर्ने तीन–तीन वटा गाउँपालिका र नगरपालिकासमेत सार्वजनिक गरेर पुरस्कृत गरिएको मन्त्रालयले जनाएको छ ।  

    जसअनुसार नगरपालिकातर्फ धादिङको नीलकण्ठ नगरपालिका र गाउँपालिकातर्फ पनि धादिङकै बेनीघाट रोराङ गाउँपालिका उत्कृष्ट भएका हुन्। नगरपालिकातर्फ रुपन्देहीको तिलोत्तमा नगरपालिका दोस्रो र चितवनको रत्ननगर नगरपालिका तेस्रो भएका छन् ।

    त्यस्तै, गाउँपालिकातर्फ समान अंक पाउँदै गुल्मीको रुरु क्षेत्र गाउँपालिका र सिन्धुपाल्चोकको ईन्द्रावती गाउँपालिका दोस्रो भएका छन् । दाङको राप्ती गाउँपालिका तेस्रो भएको छ ।

    उत्कृष्ट ठहरिएका पालिकालाई बिहीबार मन्त्रालयमा प्रशंसापत्रसहित सम्मान गरिएको थियो । मन्त्रालयले स्थानीय तहको संस्थागत क्षमता स्वमूल्यांकन आर्थिक वर्ष २०७६/७७ बाट सुरु गरे पनि गुणस्तर परीक्षण प्रतिवेदन सार्वजनिक गरेको पहिलोपटक हो ।

    कुन स्थानीय तहले कति पाए अंक ?


    images
    images

    Logo