काठमाडौं । आगामी आर्थिक वर्ष २०८१/८२ का लागि देशका ६ नै वटा महानगरपालिकाहरुले बजेट ल्याइसकेका छन् । स्थानीय तहहरुले असार १० गतेसम्म बजेट ल्याइसक्नुपर्ने संवैधानिक प्रावधानअनुरुप काठमाडौं, ललितपुर, भरतपुर, वीरगन्ज, विराटनगर र पोखरा गरी ६ महानगरपालिकाहरुले नगर सभा गरेर आगामी आ.वका लागि नीति तथा कार्यक्रम र बजेट ल्याएका हुन् ।
सबै महानगरको गरी कुल ५३ अर्ब ६४ करोड ९ लाख बराबरको बजेट छ । जसमध्ये काठमाडौंले सबैभन्दा ठूलो बजेट २५ अर्ब ७० करोड बराबर ल्याएको छ भने सबैभन्दा सानो बजेट मधेश प्रदेशको वीरगञ्ज महानगरले २ अर्ब ८९ करोडको ल्याएको छ ।
कुन महानगरको बजेट कति ?
काठमाडौं - २५ अर्ब ७१ करोड
पोखरा - ७ अर्ब ५१ करोड
ललितपुर - ७ अर्ब ४९ करोड
भरतपुर - ६ अर्ब ५६ करोड
विराटनगर - ३ अर्ब ५० करोड
विरगञ्ज - २ अर्ब ८९ करोड



