काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले एकै पटक ४८ जना उपसचिवको पदस्थापन तथा सरुवा गरेको छ । जसमध्ये २९ जनाको पदस्थापन र बाँकी २० जनाको सरुवा गरेको मन्त्रालयले जनाएको छ ।
पदस्थापनको सूची अनुसार, १६ जना उपसचिवलाई प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिइएर विभिन्न स्थानीय तहमा खटाइएको छ भने दुईलाई गृह,एक निर्वाचन आयोग र अर्को एकलाई भूमि व्यवस्था मन्त्रालयमा पठाइएको छ ।
सरुवाको सूची अनुसार पितानात लुइटेललाई कोल्हवी नगरपालिका,बारा खटाइएको छ भने सुरज श्रेष्ठलाई कनकाई नगरपालिका,झापा पठाइएको छ । यस्तै धनेश्वर पौडेल राइनास नगरपालिकामा पदस्थापन भएका छन् । त्यस्तै, गणेशबहादुर कटवाललाई बराहक्षेत्र नगरपालिका सुनसरी,खेमराज देवकोटा कृष्णनगर नगरपालिका,कुमार भट्टराई ईशनाथ नगरपालिका,पोषण लामिछानेलाई चौतारा साँगाचोकगढी नगरपालिकामा पदस्थापन गरिएको छ ।
यस्तै,देवराज चौलागाई बेलकोटगढी नगरपालिका,नुवाकोट पुगेका छन् भने हरिप्रसाद ढकाललाई निर्वाचन आयोग अन्र्तगत पदस्थापन गरिएको छ । बाबुराम पल्ली रेसुगा नगरपालिका,दिपक कुमार निरौलालाई भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालय,सन्धिखर्क नगरपालिकामा मदन जिसीमहेश बहादुर वमलाई भिमदत्त नगरपालिका,कञ्चनपुरमा खटाइएको छ ।
विष्णु सुवेदीलाई दुधौली नगरपालिका,सिन्धुलीमा पदस्थापन हुँदा जयकान्त झाले लाहानमा पोष्टिग पाएका छन् । जितेन्द्रकुमार यादव गृह मन्त्रालय वा अन्तरगत,लोकमान श्रेष्ठलाई गृहमै खटाइँदा सविन सिंह सुरुगा,सिकेन्द्र प्रसाद साह हरिपूर्वा र हरि किशोर प्रसाद चन्द्रवंशीलाई पर्सागढी नगरपालिका पर्सामा खटाइएको छ ।
त्यस्तै, अर्जुन प्रसाद रिजाललाई हरिपूर्वा नगरपालिकाबाट जिजस सुर्खेतमा खटाइएको छ । यस्तै दिपक ढकाल दुधौलि नगरपालिकाबाट महिला बालबालिका मन्त्रालयमा ल्याइएको छ । सन्धिखर्क नगरपालिकाबाट खुमलाल भुसाललाई भूमिमा,रेसुगा नगरपालिकाबाट हरिप्रसाद अर्याललाई सामान्यको अतिरिक्तमा राखिएको छ भने विभिन्न जिल्लाको प्रमुख जिल्ला अधिकारी चलाइसकेका माधव ढकाललाई गृहबाट कीर्तिपुर नगरपालिकामा खटाइएको छ ।
यस्तै,कीर्तिपुर नगरपालिकामा कार्यरत लक्ष्मी बास्कोटा मण्डनेदउपुर नगरपालिका,काभ्रेमा सरुवा गरिएको छ । ईशानाथ नगरपालिकाबाट भुदेव झालाई पचरौता नगरपालिकामा सारिएको छ भने सुरुगा नगरपालिकाबाट भीमराज कोइरालालाई गृहमा ल्याइएको छ ।
जिसस नवलपरासी सुस्तापूर्वमा कार्यरत महेश पाण्डे मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय,लुम्बिनी प्रदेश पुगेका छन् । गण्डकी प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद्मा कार्यरत जीतेन्द्र जंग केसीलाई यस अघि महेश पाण्डेले जिम्मेवारी सम्हालेका सुस्तापूर्व पठाइएको छ ।गण्डकी प्रदेश मुख्यमन्त्री कार्यालयमा कार्यरत डा नारायणराज पौडेल सामान्यको अतिरिक्त,सामान्यको अतिरिक्त समूहबाट उदय पराजुली जिसस स्यागजा,त्यहाँ कार्यरत राजेन्द्र पौडेल सामान्य प्रशासन अतिरिक्तमा खटाइएको छ ।
विक्रम पाण्डेलाई सामान्य प्रशासनबाट जिसस बाँके,मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय,लुम्बिनी प्रदेशबाट दिनेश अधिकारीलाई जिसस,पाल्पा,पाल्पा जिससमा रहेका जनार्दन अधिकारीलाई जिसस कपिलवस्तु,व्यास नगरपालिकाबाट गंगालाल सुवेदीलाई माधवनारायण नगरपालिका,रौतहट,जिसस तनहुँबाट प्रकाशराज पौडेललाई तनहुँमै रहेको व्यास नगरपालिकामा सारिएको छ ।
यस्तै, सरुवाको सूची अनुसार,बेलकोटगढीबाट पिताम्बर पाण्डेलाई नमोबुद्ध नगरपालिका,नमोबुद्धमा कार्यरत ईश्वरी शर्मालाई बाह्रविसे नगरपालिका,रतुवामाईमा खटिएका संजयबहादुर राजलवटलाई जिसस सुनसरीमा खटाइएको छ भने सामान्य अतिरिक्तमा रहेकी उर्मिला काफ्लेलाई जितपुर सिमरा उपमहानगरपालिका,चुरामणी पन्थीलाई चाँगुनारायणबाट सामान्यको अतिरिक्तमा तानिएको छ भने शिवप्रसाद हुमागाईलाई त्यहाँ खटाइएको छ ।
यस्तै, कृष्णजंग थापा जिसस बर्दिया,त्रिपुरासुन्दरीबाट जगदिश चन्द्र नेपालीलाई भूमिकास्थान नगरपालिका,त्यहाँ कार्यरत खिमानन्द आचार्यलाई जिसस रुकुम पूर्व,मध्यनेपाल नगरपालिकामा कार्यरत शेषकान्त पौडेललाई चापाकोट र चेतनाथ गिरीलाई मुसिकोटमा पठाइएको छ ।



