काठमाडौं । एनआईसी एशिया बैंकको बोनस शेयर नेप्सेमा सुचीकृत भएको छ । शुक्रबार २९ प्रतिशत बोनस बापत ३ करोड ३५ लाख ३५ हजार ५ सय १५ कित्ता बोनस शेयर नेप्सेमा सुचीकृत भएको हो ।
सो बैंकको बोनस शेयर नेप्सेमा सुचीकृत भएसँगै दोस्रो बजारमा कारोबारको लागि योग्य भएको छ ।