काठमाडौं । दुई कम्पनीको शेयर मुल्य समायोजन भएको छ । यसरी मूल्य समायोजन हुनेमा मन्दाकिनी हाइड्रोपावर र सिंगटी हाइड्रो इनर्जी रहेका छन् ।
मन्दाकिनी हाइड्रोपावरको ४.७५ प्रतिशत बोनस बापतको नेप्सेले शेयर मूल्य समायोजन गरेको छ । समायोजन पछि सो कम्पनीको शेयर मुल्य ४ सय ९ रुपैयाँ ३६ पैसा कायम भएको छ भने यस कम्पनीको अन्तिम कारोबार ४ सय २८ रुपैयाँ ८० पैसामा भएको थियो ।
त्यस्तै, सिंगटी हाइड्रो इनर्जीको १ सय प्रतिशत हकप्रद बापत नेप्सेले शेयर मूल्य समायोजन गरेको छ । समायोजन पछि सो कम्पनीको शेयर मुल्य २ सय २ रुपैयाँ ९० पैसा कायम भएको छ भने यस कम्पनीको अन्तिम कारोबार ३ सय ५ रुपैयाँ ८० पैसामा भएको थियो ।