images
images

शेयर बजारमा बृद्धि एक दिन पनि टिकेन, कारोबार रकम भने बढ्यो


  • 365
    SHARES
  • २०८० पौष १९ गते बिहीबार

    शेयर बजारमा बृद्धि एक दिन पनि टिकेन, कारोबार रकम भने बढ्यो

    काठमाडौं । शेयर बजारमा बृद्धि एक दिन पनि टिकेन सकेको छैन । अघिल्लो कारोबार दिन बढेरे बन्द भएको नेप्से, यस दिन अन्तिम समयमा घटेर बन्द भएको हो।

    आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ८.७१ अंकले घटेर २ हजार ४९ दशमलव २८ विन्दुमा पुगेको छ । आज कारोबारमा आएका ३ सय ३ स्क्रिपको ५ अर्ब ५८ करोड रुपैयाँ बराबरको १ करोड ६० लाख कित्ता शेयर किनबेच भएको छ । 

    आज नेप्से घटेपनि कारोबार रकम भने बढेर बन्द भएको छ । बुधबार ४ अर्ब बराबरको शेयर कारोबार भएको थियो । आज कारोबारमा आएका १ सय १३ कम्पनीको शेयर मुल्य बढेको छ । १ सय २८ कम्पनीको शेयर मूल्य घटेको छ भने ५ कम्पनीको शेयरमुल्य स्थिर छ ।

    १३ उपसमूहमध्ये यस दिन ४ उपसमूहको परिसूचक बढेको छ भने ९ उपसमूहको परिसूचक घटेको छ। यस दिन व्यापार उपसमूहको परिसूचक सर्वाधिक २.३४ प्रतिशत बढेको हो भने जलविद्युत र लगानी उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ। कारोबारमा आएको अन्य उपसमूहको परिसूचक यस दिन सर्वाधिक ३.७० प्रतिशत घटेको छ।

    आज सबैभन्दा धेरै सोनापुर मिनरल्सको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ३३ करोड ४५ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।त्यस्तै, शिवम् सिमेन्टको १९ करोड ४८ लाख रुपैयाँको शेयर कारोबार भएको छ । माउन्टेन इनर्जीको १८ करोड ६४ लाख रुपैयाँको शेयर कारोबार भएको छ । एनआरएनको १६ करोड २९ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

    आज दुई कम्पनीको शेयर मुल्यमा सकारात्मक सर्किट लागेको छ । यसरी सर्किट लाग्नेमा कालिका पावर र सिंगटी हाइड्रो इनर्जी रहेका छन् । त्यस्तै, नेपाल वेयरहाउजिङको ९.९९ प्रतिशतले बढेको छ भने मुक्तिनाथ कृषि कम्पनीको ९.९८ प्रतिशतले बढेको छ । त्यसैगरी, यस दिन बिन्ध्यबासिनी हाइड्रोपावरको शेयरमूल्य ९ प्रतिशतभन्दा बढी बढेको छ।

     


    images
    images

    Logo