काठमाडौं । तीन कम्पनीको शेयर मुल्य समायोजन भएको छ । यसरी मूल्य समायोजन हुनेमा लक्ष्मी सनराइज् बैंक, मुक्तिनाथ विकास बैंक र शिवम् सिमेन्ट रहेका छन् ।
लक्ष्मी सनराइज् बैंकको ७ प्रतिशत बोनस बापतको नेप्सेले शेयर मूल्य समायोजन गरेको छ । समायोजन पछि सो कम्पनीको शेयर मुल्य १ सय ८१ रुपैयाँ ५९ पैसा कायम भएको छ भने यस कम्पनीको अन्तिम कारोबार १ सय ९४ रुपैयाँ ३० पैसामा भएको थियो ।
त्यस्तै, मुक्तिनाथ विकास बैंकको ९.७५ प्रतिशत बोनस बापतको नेप्सेले शेयर मूल्य समायोजन गरेको छ । समायोजन पछि सो कम्पनीको शेयर मुल्य ३ सय ७१ रुपैयाँ ७५ पैसा कायम भएको छ भने यस कम्पनीको अन्तिम कारोबार ४ सय ८ रुपैयाँमा भएको थियो ।
यसैगरि, मुक्तिनाथ विकास बैंकको १४.२५ प्रतिशत बोनस बापतको नेप्सेले शेयर मूल्य समायोजन गरेको छ । समायोजन पछि सो कम्पनीको शेयर मुल्य ५ सय १७ रुपैयाँ २९ पैसा कायम भएको छ भने यस कम्पनीको अन्तिम कारोबार ५ सय ९१ रुपैयाँमा भएको थियो ।



