images
images

१४ लाख १० हजार कित्ता आईपीओ जारी गर्दै एपोलो हाइड्रोपावर


  • 2.5K
    SHARES
  • २०८० पौष १८ गते बुधबार

    १४ लाख १० हजार कित्ता आईपीओ जारी गर्दै एपोलो हाइड्रोपावर

    काठमाडौं । एपोलो हाइड्रोपावर कम्पनीले १४ लाख १० हजार कित्ता आईपीओ जारी गर्ने भएको छ । कम्पनीले निष्कासन गर्ने सेयरको प्रत्याभूति ब्यवस्थापनको कार्य गर्न मुक्तिनाथ क्यापिटलसँग सम्झौता गरेको छ । 

    उक्त सम्झौता पत्रमा कम्पनीको तर्फबाट कार्यकारी अध्यक्ष आङ तेन्जी शेर्पा र मुक्तिनाथ क्यापिटल लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत कबिन्द्र ध्वज जोशीले हस्ताक्षर गरेका छन् ।

    कम्पनीले निमार्ण गरी रहेको बुकु खोला जलविद्युत आयोजना ओखलढुङ्गा जिल्लाको खिजिदेम्बा गाउँपालिका, सोलुखुम्बु जिल्लाको लिखुपिके गाउँपालिका र रामेछाप जिल्लाको उमाकुण्ड गाउँपालिका भई बग्ने बुकु खोलाको पानी उपयोग गरी ६ मे.वा. विद्युत उत्पादन क्षमता रहेको छ ।

    यस कम्पनीले नेपाल विद्युत प्राधिकरण संग मिति २०७५ साल श्रावण २२ गते विद्युत खरिद सम्झौता गरी उक्त आयोजनाको निमार्ण कार्य ५५% सम्पन्न गरिसकेको छ ।


    images
    images

    Logo