काठमाडौं । पछिल्लो ६ कारोबार दिनदेखि निरन्तर ओरालो लागिरहेको नेप्से, बुधबार २७ अंकले बढेर बन्द भएको छ । कारोबार अवधिको अधिकांश समय सुस्त रहेको नेप्से, अन्तिम १ घण्टामा खरिदकर्ता हाबी भएपिछ बढेर बन्द भएको हो।
बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २७.९० अंकले बढेर २ हजार ५८ विन्दुमा पुगेको छ । आज २ सय ६ स्क्रिपको ४ अर्ब ४ करोड रुपैयाँ बराबरको १ करोड ५ लाख कित्ता शेयर किनबेच भएको छ ।
आज कारोबारमा आएका २ सय ९ कम्पनीको शेयरमुल्य बढेको छ । ३० कम्पनीको शेयर मूल्य घटेको छ भने ६ कम्पनीको शेयर मूल्यमा स्थिर छ ।
१३ उपसमूहमध्ये यस दिन जलविद्युत उपसमूहको परिसूचक सर्वाधिक ३.०८ प्रतिशत बढेको छ। त्यस्तै, यस दिन होटल तथा पर्यटन, लगानी, उत्पादन तथा प्रशोधन र निर्जीवन बीमा उपसमूहको परिसूचक २ प्रतिशतभन्दाब ढी बढेको छ भने विकास बैंक, वित्त र अन्य उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ।
आज सबैभन्दा धेरै सोनापुर मिनरल्सको कारोबार भएको छ । आज यस कम्पनीको २६ करोड ६३ लाख रुपैयाँको शेयर कारोबार भएको छ । शिवम् सिमेन्टको २३ करोड ३५ लाख रुपैयाँको शेयर कारोबार भएको छ । आइएमई लाइफको १५ करोड ७० लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
आज ६ कम्पनीको शेयर मुल्यमा सकारात्मक सर्किट लागेको छ । यसरी सर्किट लाग्नेमा दिव्यश्वरी हाइड्रोपावर, एनआरएन इन्फ्राइट्रक्चर एण्ड डेभलपमेन्ट (निफ्रा), पिपुल्स हाइड्रोपावर, भगवती हाइड्रोपावर, सोनापुर मिनरल्स रहेका छन् । छ भने नेपाल वेयर हाउजिङ्ग, सनराइज फोकस्ड इक्विटी फण्ड र पञ्चकन्या माइ हाइड्रोपावरको शेयरमूल्य करिब १० प्रतिशत बढेको छ।



