काठमाडौं । तीन कम्पनीको शेयर मुल्य समायोजन भएको छ । यसरी मूल्य समायोजन हुनेमा कालिका पावर कम्पनी, युनिभर्सल पावर कम्पनी र जीवन विकास लघुवित्त रहेका छन् ।
कालिका पावर कम्पनीको १० प्रतिशत बोनस बापतको नेप्सेले शेयर मूल्य समायोजन गरेको छ । समायोजन पछि सो कम्पनीको शेयर मुल्य ३ सय ३४ रुपैयाँ ५५ पैसा कायम भएको छ भने यस कम्पनीको अन्तिम कारोबार ३ सय ६८ रुपैयाँमा भएको थियो ।
त्यस्तै, युनिभर्सल पावर कम्पनीको ८.५५ प्रतिशत बोनस बापतको नेप्सेले शेयर मूल्य समायोजन गरेको छ । समायोजन पछि सो कम्पनीको शेयर मुल्य २ सय १ रुपैयाँ ७५ पैसा कायम भएको छ भने यस कम्पनीको अन्तिम कारोबार २ सय १९ रुपैयाँमा भएको थियो ।
यसैगरि, जीवन विकास लघुवित्तको १४ प्रतिशत बोनस बापतको नेप्सेले शेयर मूल्य समायोजन गरेको छ । समायोजन पछि सो कम्पनीको शेयर मुल्य १ हजार ३ सय २२ रुपैयाँ २ पैसा कायम भएको छ भने यस कम्पनीको अन्तिम कारोबार १ हजार ५ सय ७ रुपैयाँ १० पैसामा भएको थियो ।



