images
images

रोकिएन शेयर बजारको गिरावट, कारोबार रकम ४ अर्बमाथि


  • 415
    SHARES
  • २०८० पौष १७ गते मंगलबार

    रोकिएन शेयर बजारको गिरावट, कारोबार रकम ४ अर्बमाथि

    काठमाडौं । शेयर बजार परिसुचक आरोलो लाग्ने क्रमले मंगलबार पनि निरन्तरता पाएको छ ।  पुस ५ गते अथात् अघिल्लो साताको अन्तिम कारोबार दिनदेखि घट्न थालेको नेप्सेले यस दिन पनि सोही क्रमलाई निरन्तरता दिएको हो।

    नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ३०.०५ अंकले घटेर २ हजार ३० दशमलव १० विन्दुमा पुगेको छ । आज कारोबारमा आएका २ सय ५ स्क्रिपको ४ अर्ब ४ करोड रुपैयाँ बराबरको १ करोड ११ लाख कित्ता शेयर किनबेच भएको छ । 

    नेप्सेसँगै यस दिन कारोबार रकम पनि घटेको छ। अघिल्लो कारोबार दिन करिब साढे ४ अर्बको शेयर कारोबार भएको थियो ।  मंगलबार कारोबारमा आएका ३७ कम्पनीको शेयर मुल्य बढेको छ । २ सय ५ कम्पनीको शेयर मुल्य घटेको छ भने ३ कम्पनीको शेयर मूल्य स्थिर छ । 

    यस दिन १३ वटै उपसमूहको परिसूचक घटेको छ। जसमध्ये होटल तथा पर्यटन उपसमूहको परिसूचक सर्वाधिक ३.२१ प्रतिशत घटेको छ। त्यसैगरी, यस दिन जीवन बीमा र निर्जीवन बीमा उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी घटेको छ भने बैंकिङ्ग, विकास बैंक, वित्त, जलविद्युत, उत्पादन तथा प्रशोधन, लघुवित्त, म्युचुअल फण्ड र व्यापार उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ।

    आज सबैभन्दा धेरै शिवम् सिमेन्टको शेयर कारोबार भएका छ । आज यस कम्पनीको १५ करोड ५६ लाख रुपैयाँको शेयर कारोबार भएको छ । हाथवे इन्भेष्टमेन्टको १४ करोड ९२ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।त्यस्तै, सिटिजन लाइफको १४ करोड ४४ लाख रुपैयाँको शेयर कारोबार भएको छ । सोनापुर मिनरल्सको १२ करोड ६८ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

    मंगलबार एक कम्पनीको शेयरमुल्यमा सकारात्मक सर्किट लागेको छ । यसरी सर्किट लाग्नेमा चिरख्वा हाइड्रोपावर रहेको छ । मुक्तिनाथ कृषि कम्पनीको शेयर मुल्य ९.९८ प्रतिशतले बढेको छ । नेपाल वेयरहाउजिङको शेयर मुल्य ९.९७ प्रतिशतले बढेको छ भने लक्ष्मी लघुवित्तको शेयर मूल्य ९.९६ प्रतिशतले बढेको छ । 

     

     


    images
    images

    Logo