काठमाडौं । ४ कम्पनीहरुको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी, युनिभर्सल पावर कम्पनी, कालिका पावर कम्पनी र जीवन विकास लघुवित्तले बुक क्लोज गर्ने निर्णय गरेका आज लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको हो।
यस अनुसार आजसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले यी कम्पनीहरुको साधारण सभामा सहभागिता जनाउन तथा यी कम्पनीहरुले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।
हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनीले हाल कायम चुक्ता पूँजीको ५.२६३ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने घोषणा गरेको थियो। सो लाभांश पारित गर्न कम्पनीले पुस २९ गते, आइतबार वार्षिक साधारण सभा बोलाएको छ।
त्यसैगरी, यूनिभर्सल पावरले पुस २९, आइतबार, आफ्नो कार्यालय, त्रिपुरेश्वर, काठमाडौँमा साधारण सभा बोलाएको छ। सो सभा दिउँसो १२ः१५ बजे वेबिनार मार्फत शुरु हुनेछ। सभाले हाल कायम चुक्ता पूँजीको ८.५ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.४५ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ।
कालिका पावरले हाल कायम चुक्ता पूँजीको १० प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ ०५२६३ प्रतिशतका दरले नगद लाभांश वितरण गर्नेछ। सो प्रयोजनको लागि पुस २८, शनिबार, दियालो फुडल्याण्ड चितवन प्रा.लि., भरतपुरमा बिहान ११ बजे बस्नेगरि सभा बोलाएको छ ।
त्यस्तै, जीवन विकास लघुवित्तले १४ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.७३६९ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्न पुस २९ गते, आइतबार, आफ्नो केन्द्रिय कार्यालय, कटहरी, मोरङ्गमा पाँचौ वार्षिक साधारण सभा बोलाएको छ ।



