काठमाडौं । तीन कम्पनीको शेयर मुल्य समायोजन भएको छ । यसरी मूल्य समायोजन हुनेमा गरिमा विकास बैंक, लुम्बिनी विकास बैंक र छिमेक लघुवित्त रहेका छन् ।
गरिमा विकास बैंकको ९.५० प्रतिशत बोनस बापतको नेप्सेले शेयर मूल्य समायोजन गरेको छ । समायोजन पछि सो कम्पनीको शेयर मुल्य ३ सय ७४ रुपैयाँ ४३ पैसा कायम भएको छ भने यस कम्पनीको अन्तिम कारोबार ४ सय १० रुपैयाँमा भएको थियो ।
त्यस्तै, लुम्बिनी विकास बैंकको ४ प्रतिशत बोनस बापतको नेप्सेले शेयर मूल्य समायोजन गरेको छ । समायोजन पछि सो कम्पनीको शेयर मुल्य ३ सय ८६ रुपैयाँ ५४ पैसा कायम भएको छ भने यस कम्पनीको अन्तिम कारोबार ४ सय २ रुपैयाँमा भएको थियो ।
यसैगरि, छिमेक लघुवित्तको ५ प्रतिशत बोनस बापतको नेप्सेले शेयर मूल्य समायोजन गरेको छ । समायोजन पछि सो कम्पनीको शेयर मुल्य ८ सय ६५ रुपैयाँ ७१ पैसा कायम भएको छ भने यस कम्पनीको अन्तिम कारोबार ९ सय ९ रुपैयाँमा भएको थियो ।



