काठमाडौं । आज शेयर बजार घटेर बन्द भएको छ । पुस ५ गते अथात् अघिल्लो साताको अन्तिम कारोबार दिनदेखि घट्न थालेको नेप्सेले यस दिन पनि सोही क्रमलाई निरन्तरता दिएको हो।
सोमबार नेपाल स्टक एक्चेञ्ज (नेप्से) ८.७५ अंकले घटेर २ हजार ६० दशमलव १५ विन्दुमा पुगेर बन्द भएको छ । आज ३ सय ६ स्क्रिपको ४ अर्ब ४८ करोड रुपैयाँ बराबरको १ करोड १८ लाख कित्ता शेयर किनबेच भएको छ ।
नेप्से घटेपनि यस दिन कारोबार रकम भने सामान्य बढेको छ। अघिल्लो कारोबार दिन ४ अर्ब २९ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो । आज ७७ कम्पनीको शेयर मूल्य बढेको छ । १ सय ५९ कम्पनीको शेयर मुल्य घटेको छ भने १० कम्पनीको शेयर मुल्य स्थिर छ ।
१३ उपसमूहमध्ये यस दिन ५ उपसमूहको परिसूचक बढेको छ भने ७ उपसमूहको परिसूचक घटेको छ। यस दिन लगानी र उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ। कारोबारमा आएको होटल तथा पर्यटन, जलविद्युत र जीवन बीमा उपसमूहको परिसूचक साढे १ प्रतिशतभन्दा बढी घटेको छ।
आज सबैभन्दा धेरै शिवम् सिमेन्टको करोबार भएको छ । कम्पनीको २० करोड १३ लाखको शेयर कारोबार भएको छ । सोनापुर मिनरल्सको २० करोड १२ लाख रुपैयाँको शेयर कारोबार भएको छ । हाथवे इन्भेष्टमेन्टको १७ करोड २५ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
आज २ कम्पनीको शेयर मुल्यमा सकारात्मक सर्किट लागेको छ । यसरी सर्किट लाग्नेमा सीइडीबी हाइड्रोपावर र चिरख्वा हाइड्रोपावर रहेका छन् । नेपाल वेयरहाउजीङ र हाथवे इन्भेष्टमेन्टको शेयर मूल्य ९.९९ प्रतिशतले बढेको छ भने मुक्तिनाथ कृषिको शेयर मुल्य ९.९८ प्रतिशतले बढेको छ ।



