काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले एशियन लाइफ इस्योरेन्सको परिवर्तित शेयर संरचना परिवर्तन भएको छ । सोमबार नेप्सेले कम्पनीको परिवर्तित धितोपत्रको संरचना अभिलेख गरेको हो ।
एशियन लाइफमा यसअघि संस्थापक समूहको ६० प्रतिशत र सर्वसाधारण समूहको ४० प्रतिशत शेयर स्वामित्व थियो। अहिले शेयर संरचना परिवर्तन गर्दै कम्पनीले संस्थापक समूहको ५१ प्रतिशत र सर्वसाधारण समूहको ४९ प्रतिशत कायम गरेको छ। यसका लागि कम्पनीले संस्थापक समूहको ९ प्रतिशत शेयर सर्वसाधारण परिणत गरेको छ।
नेप्सेमा सूचीकृत कुल ३ करोड १५ लाख ५३ हजार ५ कित्ता शेयरमा संस्थापक समूहको १ करोड ६० लाख ९२ हजार ३३ कित्ता (५१ प्रतिशत) र सर्वसाधारण समूहको १ करोड ५४ लाख ६० हजार ९ सय ७२ कित्ता (४९ प्रतिशत) कायम भएको छ।
