images
images

बुक बिल्डिङबाट मात्रै प्रिमियममा आईपीओ ल्याउन लेखा समितिको निर्देशन


  • 390
    SHARES
  • २०८० पौष १३ गते शुक्रबार

    बुक बिल्डिङबाट मात्रै प्रिमियममा आईपीओ ल्याउन लेखा समितिको निर्देशन

    काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिले बुक बिल्डिङबाट मात्रै प्रिमियममा आईपीओ ल्याउने अनुमति दिन निर्देशन दिएको छ । समितिको बिहीबार बसेको वैठकले नेपाल धितोपत्र बोर्डलाई उक्त निर्देशन दिएको हो । 

    ‘अहिले धितोपत्र बोर्डले नियम संशोधन गरी कम्पनीको पुनःमूल्यांकन गरी मूल्य बढाएर प्राथमिक शेयर (आइपीओ) जारी गर्ने प्रयोजनका लागि नेटवर्थमा गणना गर्न पाउने बनाएपश्चात लिक्विडेसनमा जान लागेका कम्पनीले पनि आफूखुसी मूल्यांकन बढाएर आइपीओ जारी गर्न थालेको देखिन्छ’, समितिको निर्देशनमा भनिएको छ, ‘तसर्थ समितिको यो बैठक लगानीकर्ताको प्रतिस्पर्धाबाट मूल्य निर्धारण गरिने बुक बिल्डिङ प्रक्रिया अवलम्बन गर्न र पुनःमूल्यांकन नगरी रियल नेटवर्थ ९० प्रतिशतभन्दा बढी भएका कम्पनीहरुलाई मात्रै आइपीओ जारी गर्न दिने गरी कार्य सम्पादन गर्न धितोपत्र बोर्डलाई निर्देशन गर्दछ।’

    अधिकांश कम्पनीहरुले पछिल्लो समय प्रिमियम मूल्यमा आइपीओ जारी गर्ने प्रक्रियालाई प्राथमिकता दिएकोमा समितिको ध्यानाकर्षण भएको छ। ‘यसको असर दोस्रो बजारमा परेको पनि देखिन्छ’, समितिले भनेको छ, ‘प्रिमियममा आइपीओ जारी गर्न दिँदा तजबिज अधिकार प्रयोग गरेको देखिन्छ।’

    प्रिमियममा आइपीओ कति औचित्यपूर्ण थिए, गैरकानुनी थियो कि थिएन भन्ने विषयमा छानबिन गरी निष्कर्षमा पुग्न र छानबिनका क्रममा दोषी देखिएमा सम्बन्धित पदाधिकारीलाई कानुनबमोजिम कारबाही प्रक्रियामा लैजान पनि समितिले निर्देशन दिएको छ।


    images
    images

    Logo