images
images

६ कम्पनीको शेयर मुल्य समायोजन, यस्तो छ समायोजित मूल्य


  • 1.1K
    SHARES
  • २०८० पौष १२ गते बिहीबार

    ६ कम्पनीको शेयर मुल्य समायोजन, यस्तो छ समायोजित मूल्य

    काठमाडौं । ६ कम्पनीको शेयर मुल्य समायोजन भएको छ । यसरी मूल्य समायोजन हुनेमा राधी विद्युत कम्पनी, आत्मनिर्भर लघुवित्त, सपोर्ट माइक्रोफाइनान्स, घोराही सिमेन्ट, साना किसान विकास लघुवित्त,  हिमालयन डिष्टिलरी रहेका छन् । 

    राधी विद्युत कम्पनीको ४.७५ प्रतिशत बोनस बापतको नेप्सेले शेयर मूल्य समायोजन गरेको छ । समायोजन पछि सो कम्पनीको शेयर मुल्य २ सय २८ रुपैयाँ ६४ पैसा कायम भएको छ भने यस कम्पनीको अन्तिम कारोबार २ सय ३९ रुपैयाँ ५० पैसामा भएको थियो । 

    त्यस्तै, आत्मनिर्भर लघुवित्तको १० प्रतिशत बोनस बापतको नेप्सेले शेयर मूल्य समायोजन गरेको छ । समायोजन पछि सो कम्पनीको शेयर मुल्य १ हजार ६ सय ५९ रुपैयाँ ९ पैसा कायम भएको छ भने यस कम्पनीको अन्तिम कारोबार १ हजार ८ सय २५ रुपैयाँमा भएको थियो । 

    सपोर्ट माइक्रोफाइनान्सको १३ प्रतिशत बोनस बापतको नेप्सेले शेयर मूल्य समायोजन गरेको छ । समायोजन पछि सो कम्पनीको शेयर मुल्य ९ सय ५५ रुपैयाँ ७५ पैसा कायम भएको छ भने यस कम्पनीको अन्तिम कारोबार १ हजार ८० रुपैयाँमा भएको थियो । 

    यसैगरि, घोराही सिमेन्टको १५ प्रतिशत बोनस बापतको नेप्सेले शेयर मूल्य समायोजन गरेको छ । समायोजन पछि सो कम्पनीको शेयर मुल्य ५ सय २ रुपैयाँ ६१ पैसा कायम भएको छ भने यस कम्पनीको अन्तिम कारोबार ५ सय ७८ रुपैयाँमा भएको थियो । 

    साना किसान विकास लघुवित्तको १४.२५ प्रतिशत बोनस बापतको नेप्सेले शेयर मूल्य समायोजन गरेको छ । समायोजन पछि सो कम्पनीको शेयर मुल्य ८ सय ८८ रुपैयाँ ३२ पैसा कायम भएको छ भने यस कम्पनीको अन्तिम कारोबार १ हजार १४ रुपैयाँ ९० पैसामा भएको थियो । 

    त्यस्तै, हिमालयन डिष्टिलरीको १० प्रतिशत बोनस बापतको नेप्सेले शेयर मूल्य समायोजन गरेको छ । समायोजन पछि सो कम्पनीको शेयर मुल्य १ हजार ७ सय २५ रुपैयाँ ४५ पैसा कायम भएको छ भने यस कम्पनीको अन्तिम कारोबार १ हजार ८ सय ९८ रुपैयाँमा भएको थियो । 


    images
    images

    Logo