images
images

सिंगटी हाइड्रोले शतप्रतिशत हकप्रद निष्काशका लागि बोर्डबाट पायो अनुमति


  • 403
    SHARES
  • २०८० पौष १२ गते बिहीबार

    सिंगटी हाइड्रोले शतप्रतिशत हकप्रद  निष्काशका लागि बोर्डबाट पायो अनुमति

    काठमाडौं ।  सिंगटी हाइड्रो इनर्जी लिमिटेडले नेपाल धितोपत्र बोर्डबाट हकप्रद शेयर निष्काशन तथा विक्रीका लागि अनुमति पाएको छ । कम्पनीले बोर्डबाट १ः१ को अनुपातमा अर्थात शतप्रतिशत हकप्रद शेयर विक्री गर्नका लागि अनुमति पाएको हो । 

    बोर्डले कम्पनीलाई पुस ११ गते हकप्रद निष्काशनको लागि अनुमति दिएको हो । कम्पनीले १ करोड ४५ लाख कित्ता हकप्रद शेयर निष्काशन गर्नेछ ।

    कम्पनीको हकप्रद शेयर निष्काशन तथा विक्री प्रबन्धक कुमारी क्यापिटल लिमिटेड छ । कम्पनीले हकप्रद शेयर विक्री गर्न असार २७ गते सेबोनमा निवेदन दिएको हो । हाल कम्पनीको चुक्ता पूँजी १ अर्ब ४५ करोड रुपैयाँ छ ।


    images
    images

    Logo