images
images

तीन कम्पनीको शेयर मुल्य समायोजन, यस्तो छ समायोजित मूल्य


  • 578
    SHARES
  • २०८० पौष ११ गते बुधबार

    तीन कम्पनीको शेयर मुल्य समायोजन, यस्तो छ समायोजित मूल्य

    काठमाडौं । तीन कम्पनीको शेयर मुल्य समायोजन भएको छ । यसरी मूल्य समायोजन हुनेमा हाथवे इन्भेष्टमेन्ट, तारागाउँ रिजेन्सी र फस्र्ट माइक्रोफाइनान्स रुहेका छन् । 

    हाथवे इन्भेष्टमेन्टको १० प्रतिशत बोनस बापतको नेप्सेले शेयर मूल्य समायोजन गरेको छ । समायोजन पछि सो कम्पनीको शेयर मुल्य ७ सय २४ रुपैयाँ ९ पैसा कायम भएको छ भने यस कम्पनीको अन्तिम कारोबार ७ सय ९६ रुपैयाँ ५० पैसामा भएको थियो ।

    त्यस्तै, तारागाउँ रिजेन्सीको ४ प्रतिशत बोनस बापतको नेप्सेले शेयर मूल्य समायोजन गरेको छ । समायोजन पछि सो कम्पनीको शेयर मुल्य ८ सय ३६ रुपैयाँ ६३ पैसा कायम भएको छ भने यस कम्पनीको अन्तिम कारोबार ८ सय ७० रुपैयाँ १० पैसामा भएको थियो ।

    फस्र्ट माइक्रोफाइनान्सको ७.५० प्रतिशत बोनस बापतको नेप्सेले शेयर मूल्य समायोजन गरेको छ । समायोजन पछि सो कम्पनीको शेयर मुल्य ६सय २२ रुपैयाँ ३३ पैसा कायम भएको छ भने यस कम्पनीको अन्तिम कारोबार ६ सय ६९ रुपैयाँमा भएको थियो ।

    भोलि यही समायोजित मुल्यको आधारमा दोस्रो बजारमा कम्पनीहरुको कारोबार खुल्नेछ ।

     

     


    images
    images

    Logo