images
images

आईपीओ निष्काशनको लागि ३ कम्पनीले दिए बोर्डमा निवेदन 


  • 637
    SHARES
  • २०८० पौष ११ गते बुधबार

    आईपीओ निष्काशनको लागि ३ कम्पनीले दिए बोर्डमा निवेदन 

    काठमाडौं ।   नेपाल धितोपत्र बोर्डमा आईपीओ निष्काशनको लागि ३ कम्पनीले निवेदन दिएका छन् । निवेदन दिनेमा ह्याम्स हस्पिटल, लाफिङ्ग बुद्ध पावर नेपाल र रिज लाइन इनर्जी रहेका छन् । 

    हस्पिटल क्षेत्रमा आईपीओ निष्काशनका लागि आवेदन दिने ह्याम्स हस्पिटल पहिलो बनेको छ । कम्पनीले ३२ करोड ४० लाख रुपैयाँ बराबरको ११ लाख २५ हजार कित्ता आइपीओ विक्रीका लागि बोर्डमा निवेदन दिएको हो । कम्पनीले पुस ६ गते निवेदन दिएको हो । बोर्डबाट अनुमति पाएपछि कम्पनीले प्रिमियम मुल्यमा आईपीओ निष्काशन गर्नेछ । कम्पनीको आईपीओ निष्काशन तथा विक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल रहेको छ ।

    त्यस्तै, लफिङ्ग बुद्ध पावरले प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्यमा ६५ करोड ७७ लाख रुपैयाँ बराबरको ६५ लाख ७७ हजार कित्ता शेयर निष्काशन गर्न धितोपत्र बोर्डमा निवेदन दिएको हो । कम्पनीले पुस २ गते निवेदन दिएको हो । कम्पनीको आईपीओ निष्काशन तथा विक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ ।

    रिज लाइन इनर्जीले ५८ करोड ४ लाख २० हजार १ सय रुपैयाँ बराबरको ५८ लाख ४ हजार २ सय १ कित्ता आईपीओ विक्रीका लागि बोर्डमा अनुमति मागेको हो । कम्पनीले मंसिर २५ गते निवेदन पेश गरेको हो । आईपीओ विक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ ।

     

     


    images
    images

    Logo