images
images

नेप्सेले गर्यो मुक्तिनाथ विकास बैंकको शेयर कारोबार फुकुवा


  • 411
    SHARES
  • २०८० पौष ११ गते बुधबार

    नेप्सेले गर्यो मुक्तिनाथ विकास बैंकको शेयर कारोबार फुकुवा

    काठमाडौं । मुक्तिनाथ विकास बैंकको शेयर कारोबार फुकुवा भएको छ ।  नेपाल स्टक एक्सचेञ्ज (नेप्से)को बुधबारको निर्णय अनुसार सो लघुवित्तको शेयर कारोबार फुकुवा गर्ने निर्णय गरेको हो । 

    लघुवित्तले गत आर्थिक वर्ष २०७९–८० को लाभांश सम्बन्धी पत्र नेप्सेमा कारोबार समयमा पठाएको हुँदा नेप्सेले धितोपत्र सूचीकरण विनियमावली बमोजिम लघुवित्तको शेयर रोक्का राखेको थियो ।

    नेप्सेले लघुवित्तलाई तीन दिनभित्र स्पष्टिकरण पेश गर्न भनेकोमा सो कम्पनीले सो समयभित्र स्पष्टिकरण पेश गरेकोमा नेप्सेले आगामी दिनमा यस्तो गल्ती नदोहोर्यान सचेत गराउँदै सो कम्पनीको शेयर कारोबार फुकुवा गरिदिएको हो ।

    बैंकले पुस ५ गते बिहीबार दिउँसो साढे २ बजे सञ्चालक समितिको बैठक बसेर गत आर्थिक वर्षको नाफाबाट कुल १०.२६ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको थियो । बैंकले कारोबार समयमा धितोपत्र मूल्यमा प्रभाव पार्ने संवेदनशील निर्णय गरेको भन्दै नेप्सेले सेयर कारोबार रोक्का गरेको थियो ।

    notice.jpg


    images
    images

    Logo