काठमाडौं । हिमालयन रि–इन्स्योरेन्स लिमिटेडले निष्काशन गरेको आईपीओ बाँडफाँट भएको छ। बिक्री प्रबन्धक एनएमबि क्यापिटलले आज बुधबार शेयर बाँडफाँट गरेको हो ।
कम्पनीले मंसिर २७ गतेदेखि पुस १ गतेसम्म प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यमा १०६ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता २०६ रुपैयाँमा सर्वसाधारणका लागि २ करोड ४९ लाख कित्ता शेयर निष्काशन गरेको थियो। सो आईपीओमा कुल १५ लाख ७३ हजार २१९ जनाले आवेदन दिएका थिए। सोमध्ये ८ हजार ६ सय ५५ आवेदन रद्द भएको छ भने १५ लाख ६४ हजार ५ सय ६४ आवेदन स्वीकृत भएको छ।
स्वीकृत आवेदनमध्ये १० देखि ३० कित्तासम्म आवेदन दिने आवेदकले आवेदन दिएजत्ति शेयर प्राप्त गरेका छन्। यसरी बाँडफाँट गर्दा बाँकी रहेको २ लाख ९० हजार २ सय १० कित्ता शेयर ३० कित्ताभन्दा बढी आवेदन दिने लगानीकर्ताहरुलाई बाँडफाँट गरिएको छ। जस अनुसार २९ हजार २१ आवेदकले थप १० कित्ता अर्थात ४० कित्ता शेयर प्राप्त गरेका छन्।



