images
images

हिमालयन रि–इन्स्योरेन्सको आईपीओ बाँडफाँटको मिति तोकियो


  • 1.7K
    SHARES
  • २०८० पौष १० गते मंगलबार

    हिमालयन रि–इन्स्योरेन्सको आईपीओ बाँडफाँटको मिति तोकियो

    काठमाडौं । हिमालयन रि–इन्स्योरेन्सको आईपीओ बाँडफाँटको मिति तोकिएको छ । कम्पनीले सर्वसाधारणलाई निष्काशन गरेको आईपीओ बुधबार अथात् पुस ११ गते बाँडफाँट हुने भएको छ । आईपीओ विहान १० बजे बाँडफाँट हुने विक्री प्रबन्धकले जनाएको छ । 

    यो कम्पनीको आईपीओमा साढे १६ लाख बढीले आवेदन दिएका छन्। सीडीएससीका पुस २ गते अन्तिम दिनसम्म १६ लाख ६० हजार २२ जना आवेदकले ६ अर्ब ६३ करोड ६३ लाख ४० हजार ४ हजार ४ सय २० रुपैयाँ बराबरको ३ करोड २२ लाख १५ हजार ७० कित्ताका लागि आवेदन दिएका हुन्।

    सो कम्पनीको आईपीओ १० कित्ताका दरले शेयर सबैलाई पर्छ भने २० कित्ताका लागि भने गोलाप्रथाका माध्यमबाट बाँडफाँट हुनेछ। कम्पनीले आज मंसिर २७ गतेबाट प्रिमियम मूल्यमा आईपीओ बिक्री खुला गरेको थियो । कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ बिक्री गरेपछि सर्वसाधारणका लागि साधारण शेयर जारी गरेको थियो ।

    कम्पनीले ३ करोड कित्ता आइपीओ निष्काशनको अनुमति पाएको थियो। त्यसमध्ये वैदेशिक रोजगारीमा रहेका नेपालीलाई १० प्रतिशतले हुन आउने ३० लाख कित्ता आईपीओ बिक्री गरिसकेको छ। कम्पनीले कुल कित्ताको २ प्रतिशतले हुन आउने ६ लाख कित्ता कम्पनीमा कार्यरत कर्मचारीलाई र ५ प्रतिशतले हुन आउने १५ लाख कित्ता सामूहिक लगानी कोषलाई छुट्याएको छ। अब बाँकी रहेको २ करोड ४९ लाख कित्तामा सर्वसाधारणले आवेदन दिएका थिए । 

    कम्पनीले अंकित मूल्य १०० रुपैयाँ १०६ रुपैयाँ प्रिमियम मूल्य थप गरी २०६ रुपैयाँमा आइपीओ बिक्री खुला गरेको थियो। सो कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल रहेको छ। 

     

     

     


    images
    images

    Logo